काठमाडौं । साताको अन्तिम कारोबार दिन नेपाल दुरसञ्चार कम्पनी (टेलिकम) को सेयर मूल्यमा गिरवाट आएको छ । बिहीबार टेलिकमको सेयर मूल्य १.९४ प्रतिशतले घटेको छ ।
आज प्रतिकित्ता २६ रुपैयाँले घटेको कम्पनीको सेयर मूल्य १ हजार ३२९ रुपैयाँ रहेको छ । उक्त दिन कम्पनीको ४ करोड ५लाख २७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
नेप्सेका अनुसार आज कम्पनीको ३० हजार ४०८ कित्ता सेयर खरिदबिक्री भएको जनाएको छ ।
वि.सं.२०७८ असार २४ बिहीवार १५:४४ मा प्रकाशित