back
Kumari Bank

विज्ञान प्रविधिकै माध्यमबाट देशमा जमिनको उत्पादकत्व वृद्धि गर्नुपर्छ : प्रधानमन्त्री ओली

Nepal Bank

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रकृति प्रदप्त साधन स्रोत र पुर्वजका ज्ञानलाई उपयोग गर्न सके विश्व स्तरकै आविष्कार गर्न नेपाली वैज्ञानिकहरु सक्षम रहेको बताउनुभएको छ ।

नास्टद्वारा गतवर्ष विज्ञान र प्रविधिका क्षेत्रमा उदाहरणीय काम गर्ने व्यक्तिहरुलाई सम्मान गर्न बिहीबार आयोजित कार्यक्रममा प्रधानमन्त्रीले हरेक नागरिकलाई आ–आफ्ना प्रतिभा पत्ता लगाउने र रुचिका विषयमा खोज अनुसन्धान गर्ने अवसर दिइनुपर्ने बतानुभयो ।

समृद्ध नेपाल सुखी नेपालको राष्ट्रिय आकांक्षा पुरा गर्न अभाव र विभेद रहित, शान्त सभ्य र मानवीयतायुक्त समाज आवश्यक भएको बताउँदै उहाँले सभ्यताको गौरवपूर्ण इतिहास एवं वैदिककालमा रहेको समतामुलक समाज जरुरी भएको धारण व्यक्त गर्नुभयो ।

‘हामीे मानवीय आवश्यकता परिपूर्ति भएको समाज निर्माण गर्न चाहन्छौ भने हरेकलाई प्रतिभा प्रस्फुटन गर्ने अवसर उपलब्ध हुनुपर्छ’, उहाँको भनाई थियो ।

देशमा शिक्षा आर्जन गर्ने अधिकर ७० वर्षअघि मात्रै प्राप्त भएपनि विज्ञानको क्षेत्रमा क्रमशः प्रगति भइरहेको उहाँको क्रममा देशले २०४० सालदेखि प्राविधिक शिक्षाको सुरुवात, नास्ट, कृषि अनुसन्धानका लागि नार्कको स्थापना तथा नेपाली वैज्ञानिकले खोज अनुसन्धान सुरु गर्न थालेको पनि उहाँले बताउनुभयो ।

देशले विज्ञान प्रविधिको क्षेत्रमा फड्को मारेकै कारण आफ्नो दोसं्रो मृगौला प्रत्यारोपण स्वदेशमै सफल भएको भनाई प्रधानमन्त्रीको थियो । ‘हाम्रा डाक्टरहरु अलि सुरा जस्तो लाग्यो ।

बाहिरका डाक्टरहरुले केही समय डायलाइसिस मै बस्नुपर्ने जस्तो कुरा गरेका थिए, यहाँका डाक्टरले हामीेले गर्छौ भने’। पहिलो पटक गर्दा बारम्बार संक्रमणहरुले सताउने गरे पनि दोस्रो पटकको प्रत्यारोपणपछि भने त्यस्तो संक्रमण झेल्नु नपरेको र १२/१३ दिनमै कार्यक्रममा भाग लिन थालेको उहाँले स्मरण गर्नभयो ।

प्रधानमन्त्रीले नेपालीहरुमा पुर्खाबाट आएको आनुवंशिक ज्ञानका आधार मानव प्रतिभाहरुबाट विज्ञानका ठूला अनुसन्धान हुनसक्ने समेत बताउनुभयो । परापुर्व कालमा औषधि विज्ञानका क्षेत्रमा महर्षी चरकको असाधारण योगदान, सल्यचिकित्साको क्षेत्रमा श्रुषुतसंहिताको विकास भएको समेत उहाँले उल्लेख गर्नुभयो । पुरै विश्व खगोलबारे अन्धकारमा हुँदा तारा नक्षत्र आदि गनेर तिनका गति पत्ता लगाउने आदि गणित ज्ञभाष्क राचार्यले गरेको योगदान समेत उल्लेख गर्दैै प्रधानमन्त्रीले नेपाली प्रतिभा प्रष्फुटनका लागि थुपै स्थान बाँकी रहेको पनि उहाँले बताउनुभयो ।

विज्ञान प्रविधिकै माध्यमबाट देशमा जमिनको उत्पादकत्व वृद्धि गर्नुपर्ने धारणा उहाँको थियो । ‘सन् १९७०को दशक सम्म अन्न उत्पादन नहुने भएकोले एक छाक मात्रै अन्न खाने इजरायल अहिले अन्न निर्यातक देश भएको छ, र त्यहाँ काम गर्दै सिक्दै गरेका नेपाली युवा फर्केर यहाँ नमुना योग्यकाम गरिहेका छन्’ ।

हामी कहाँ इजरायलमा भन्दा धेरै गर्न सकिने गरी तीनै खालको मौसम रहेको उल्लेख गर्दैै उहाँले यसका लागि आत्म विश्वास पैदा गर्नु जरुरी रहेको समेत प्रधानमन्त्रीले बताउनुभयो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले देशको विज्ञान प्रविधि क्षेत्रमा उल्लेखनीय कार्य गरे बापत २०७७ सालको नास्ट प्रकृति संरक्षण पुरस्कार, विश्व वन्यजन्तु कोष नेपाललाई र नव प्रवर्तनको नयाँ उचाईमा प्रबर्धन गरे बापत सोही वर्षको कुलपति राष्ट्रियन वप्रर्तन पुरस्कार राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गर्नुभएको थियो ।

यसै गरी उहाँले हिमाली क्षेत्रमा जलवायु प्रभावबारे सफल अनुसन्धान गर ेबापत उत्तम बाबु श्रेष्ठलाई विज्ञान प्रविधि पुरस्कार तथा कोभिड सम्बन्धी विशेष अनुसन्धानका लागि शुक्रराज ट्रपिकल अस्पतालका शेरबहादुर पुन उपत्यकको भूमिगतजल संचय बारे अनुसन्धानका लागि भेषराजथापा, कोभिड एन्टीबडी सम्बन्धी अनुसन्धानका लागि सुनिता गौतमलाई विज्ञान पुरस्कार प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा डा. आनन्द मिश्रलाई धानको भुसबाट विशेष मल तयार गर्ने प्रविधि विकास गरे बापत, डा. अनुपमान श्रेष्ठलाई बालिरोग नियन्त्रणमा जैविक विषादी सम्बन्धी अनुसन्धान गरे बापत र डा. सागर रेग्मीलाई क्यान्सर र व्यायमको अन्तर सम्बन्ध सम्बन्धी अनुसन्धानका लागि विज्ञान पुरस्कार प्रदान गरिएको थियो ।

यसैगरी महिला विज्ञान पुरस्कार डेंगुरोगकाृ फैलनमा तापक्रमको भुूमिका बारेको अनुसन्धानका लागि रेश्मा तुलाधरलाई प्रदान गरिएको थियो । विद्यालयमा विज्ञान शिक्षाको प्रवर्धन गरे बापत राजधानीको ज्ञानोदय माविका प्रधानाध्यापक नातिकाजी महर्जनलाई समेत पुरस्कार प्रदान गरिएको थियो ।

यसै गरी खगोल विधा र स्पेस रोबोटिकका लागि मनिषाद्वार, विज्ञानपत्र कारिताका लागि गोविन्द प्रसाद पोखरेललाई विज्ञान पुरस्कार प्रदान गरिएको थियो ।

वि.सं.२०७८ असार २४ बिहीवार १७:४७ मा प्रकाशित

You can share this post!

रानीमहललाई पुरानै अवस्थामा संरक्षण गरिने

रानीमहललाई पुरानै अवस्थामा संरक्षण गरिने

वि.सं.२०८२ असार १२ बिहीवार १४:२१

काठमाडौं : पाल्पाको रानीमहललाई पुरानै अवस्थामा फर्काइ संरक्षण गरिने भएको...

विवादास्पद टेक एण्ड पे पीपीए फिर्ता : इप्पानको भद्र आन्दोलनले दियो सार्थक परिणाम

विवादास्पद टेक एण्ड पे पीपीए फिर्ता : इप्पानको भद्र आन्दोलनले दियो सार्थक परिणाम

वि.सं.२०८२ असार १२ बिहीवार १४:१०

काठमाडौं : नेपाल सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा...

समृद्धि फाइनान्सका चार शाखाको दोस्रो वार्षिकोत्सव सम्पन्न

समृद्धि फाइनान्सका चार शाखाको दोस्रो वार्षिकोत्सव सम्पन्न

वि.सं.२०८२ असार १२ बिहीवार १२:५४

समृद्धि फाइनान्स लिमिटेडका गैर, औरही, मधुवन र खरेन्द्रपुर शाखाहरूले आ–आफ्नो...

विष्णुमतिमा गाडीसहित बगेकी महिलाको उद्धार   

विष्णुमतिमा गाडीसहित बगेकी महिलाको उद्धार   

वि.सं.२०८२ असार १२ बिहीवार १२:४०

काठमाडौँ : काठमाडौँको टोखामा गएराति गाडीसहित बगेकी एक महिलाको प्रहरीले...

धनगढीमा हुन्डाईको ‘क्रेटा EV’ सार्वजनिक: विद्युतीय सवारीमा उत्साहजनक प्रतिक्रिया र व्यापक सहभागिता

धनगढीमा हुन्डाईको ‘क्रेटा EV’ सार्वजनिक: विद्युतीय सवारीमा उत्साहजनक प्रतिक्रिया र व्यापक सहभागिता

वि.सं.२०८२ असार १२ बिहीवार ११:१५

धनगढी : नेपालमा हुन्डाई सवारीसाधनको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले...

छ्याङ्दी हाइड्रोपावरको शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिने म्याद थप, अब कहिलेसम्म ?

छ्याङ्दी हाइड्रोपावरको शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिने म्याद थप, अब कहिलेसम्म ?

वि.सं.२०८२ असार १२ बिहीवार ११:०६

काठमाडौं । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले जेठ २३ गतेदेखि निष्काशन गरेको...