back
NMB ad

बैंकले ब्रोकर लाईसेन्स पाए के हुन्छ ? नियामकको द्वेध चरित्र, लगानीकर्तामा फिजाइएको भ्रम र यथार्थ !

Kumari bank ad

काठमाडौं । बैंकका सहायक कम्पनीलाई ब्रोकर लाईसेन्स दिँदा के हुन्छ, नदिँदा के हुन्छ ? यसले सेयर बजारको कस्तो प्रभाव पार्ला ? बैंकका सहायक कम्पनीलाई ब्रोकरको काम गर्न दिँदा देशभरका ७५० स्थानीय तहका शाखाबाट नै ती कम्पनीले सेयर कारोबार गर्लान ? यो आम लगानीकर्ताको मनमा उब्जने प्रश्न हो ।

बैंकले सहायक कम्पनी खोलेर ब्रोकरको काम गर्ने तयारी नगरेका पनि होइनन् । तर धितोपत्र बोर्डले नै बैंकका सहायक कम्पनीलाई ब्रोकरको लाईसेन्स दिनका लागि रोक्यो । जुन अझै पनि खुलेको छैन । कतिपयको विश्वास बैंकका सहायक कम्पनीलाई ब्रोकरको काम गर्न दियो भने बजार पारदर्शी हुने अपेक्षा रहेको छ ।

अहिले ब्रोकरहरुले आफै सेयर कारोबार गर्ने गरेको आरोप लाग्दै आएको छ । त्यही भएर बैंकले ब्रोकरको लाईसेन्स पाएको खण्डमा बजार पारदर्शी रुपमा व्यवसायीक तरिकाले चल्ने अपेक्षा गरिएको हो । ब्रोकरलाई गरेको जस्तो अविश्वास बैंकमा कम हुने सम्भावना निकै रहेको जानकारहरुको रहेको छ ।

स्थानीय तहमा बैंकको शाखा र ब्रोकर

अहिले लगानीकर्ताले बुझेको र चर्चामा रहेको विषय भनेको ७५३ स्थानीय तहमध्ये ७५० वटा स्थानीय तहमा बैंकको शाखा पुगेको छ । अहिलेसम्म शाखा नपुगेका स्थानीय तह भनेको धादिङको रुबीभ्याली, जाजरकोटको जुनीचाँदि र बझाङ जिल्लाको साइपाल गाँउपालिका मात्रै हो ।

यो बाहेक सबै स्थानीय तहमा बैंकको शाखा पुगेको छ । सेयर लगानीकर्ताले बुझेको भनेको बैंकका सहायक कम्पनीलाई ब्रोकरको काम गर्न दिएपछि सबै शाखाले ब्रोकरको सेवा दिन्छन । देशभरका लगानीकर्तामा सेयर बजारको पहुँच पुग्ने भन्ने नै हो । तर यो सबै गलत बुझाई गलत भएको एक बैकर्सको भनाई छ । ‘अहिले चर्चा गरिएजस्तो बैंकका शाखा भएका ठाँउमा त्यही बैंकको सहायक कम्पनी जाने भन्ने गलत हो’ एक बैंकर्सले भन्नुभयो ‘त्यो सम्भव पनि छैन । अहिले जसरी गाँउ गाँउमा बैंक मार्फत ब्रोकर पुग्छन र सेयर बजारमा गाँउ गाँउका लगानीकर्ता भित्र्न्छन भनिएको छ त्यो सम्भव छैन, यसले लगानीकर्तामा भ्रम फैलाइएको छ ।’

सेयर बजारमा प्रवेश गर्ने लगानीकर्ता कम्तिमा पनि वित्तीय विवरण हेर्न सक्ने, कम्पनीको विवरण बुझन सक्ने हुनुपर्ने र त्यस्ता लगानीकर्ताले मात्रै दोस्रो बजारमा कारोबार गर्नु प्रभावकारी हुने उहाँको भनाई छ । अहिले गरेको चर्चा जस्तो गाँउ गाँउका लगानीकर्ता बजारमा आउने सम्भावना न्युन छ ।

आईपीओमा आवेदन दिनको लागि यसले केही हदसम्म सहयोग गर्ने भएपनि दोस्रो बजारमा हुने कारोबारमा लगानीकर्ता लहैलहैमा लागेभने धेरै लगानीकर्ता वित्तीय रुपमा टाट पल्टने सम्भावना निकै रहेको उहाँको भनाई छ । अहिले केही लगानीकर्ताले हरेक नेपालीको बैंक खाता छ भने जसरी सबै नेपाली सेयर बजारमा आउनुपर्छ भनेर चर्चा गरिरहेका छन् । त्यो भयो भने धेरै मानिस सेयर बजारबाट भाग्ने सम्भावना प्रवल रहेको जानकारहरुको भनाई छ ।

बैंकका हरेक शाखाबाट कारोबार हुन्छ त ?

अहिले धेरै लगानीकर्तामा परेको र फैलाईएको भ्रम भनेकै बैंकको सबै शाखामा सहायक कम्पनीको शाखा कार्यालय हुन्छ र त्यहाँबाट कारोबार हुन्छ भन्नु नै हो । जुन सम्भव छैन । मानौ कुनै ‘ए’ भन्ने बैंकले इन्भेष्टमेन्ट बैंकिङ खोलेको छ । त्यसको कार्यालय काठमाडौंमा छ । त्यसले आफ्नो शाखा खोल्यो भने उपत्यका बाहिरका मुख्य मुख्य शहरमा खोल्न सक्छ, त्यो पनि सिमित मात्रामा । तर अहिले चर्चा गरिएको जस्तो सबै शाखा कार्यालयमा शाखा खोल्दैन । जुन सम्भव पनि छैन । शाखा खोल्न पनि नियामक निकायले तोकेको मापदण्ड पुरा गर्नुपर्छ ।

त्यसैले बजारमा फैलाइएको भ्रम जस्तो हरेक शाखाबाट सेयर कारोबार असम्भव नै छ । द दोस्रो बजारको कारोबार बैंकले होइन, सहायक कम्पनीले गर्ने हो । बैंकको शाखाबाट लगानीकर्ताले गर्ने भनेको बैंक खाता हुनेले डिम्याट खोल्न, सिआरएन नम्बर लिन, मेरो सेयर लिन र आईपीओमा आवेदन दिने मात्रै हो । बैंकका सहायक कम्पनीले लाईसेन्स पाउने वित्तीकै गाँउ गाँउबाट सेयर लगानीकर्ता थपिन्छन भन्नु भ्रम मात्रै हो ।

भ्रष्टाचारको जालोमा फसेको बोर्डको द्वेध चरित्र

बैंकका सहायक कम्पनीलाई ब्रोकरको लाईसेन्स दिने चर्चा आजको होइन । करिब ३ वर्ष अघिदेखि नै यो विषयमा चर्चा सुरु भयो । यसको लागि एक दर्जन बैंकले त सहायक कम्पनी खोलेर अनुमतिको लागि नेप्सेमा आवेदन समेत दिइसकेका थिए । तत्कालिन समयमा अर्थ समितिले रोकेर उक्त कामका वियषमा समेत अध्ययन गर्ने भनेर समिति सदस्य रामकुमारी झाँक्रीको संयोजकत्वमा उपसमिति गठन भयो । उक्त उपसमितिले ३ महिनामा सक्ने भनेको प्रतिवेदन ११ महिनापछि तयार पार्योे । त्यो प्रतिवेदनले उठाएका ११ प्रश्नलाई आधार मानेर धितोपत्र बोर्डले चलखेल गर्न निकै सहयोग भयो, जुन कायमै छ ।

फलस्वरुप बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले बैंकका सहायक कम्पनीलाई ब्रोकर लाईसेन्स रोक्नका लागि ५० वटा धितोपत्र दलाल व्यवसायी (ब्रोकर) सँग प्रति ब्रोकर २ करोडका दरले १ अर्ब रुपैयाँ उठाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत परेको छ । आयोगमा उजुरी परेको र लगानीकर्ताले चौतर्फी विरोध गर्न थालेपछि अहिले अध्यक्ष ढुंगानाले बैंकका सहायक कम्पनीलाई ब्रोकरको लाईसेन्स दिने कार्ड फालेको देखिन्छ । बोर्ड निकट उच्च स्रोतका अनुसार बैंकका सहायक कम्पनीलाई ब्रोकर लाईसेन्स दिने भनेर कार्ड फालेपनि त्यसको लागि पुँजीको हिसाबले थेग्नै नसक्ने कानूनी व्यवस्था गर्ने तयारीमा जुटेका छन् । जसले गर्दा बैंक चाहदा चाहदै पनि सहायक कम्पनी खोल्न नसक्ने अवस्थामा पुग्ने छन् ।

बोर्ड निकट उच्च स्रोतका अनुसार बैंकका सहायक कम्पनीलाई लाईसेन्स दिन रोक्दा बढी आलोचित हुने र अख्तियारमा परेको उजुरी अनुसार १ अर्ब रुपैयाँले पनि समस्या पार्ने भएपछि सहायक कम्पनीलाई ब्रोकर लाईसेन्स दिने कार्ड फालिएको हो । धितोपत्र बोर्डले बैंकका सहायक कम्पनीलाई ब्रोकर लाईसेन्स दिनु नदिनु उसको कुरा हो । तर बैंकका सहायक कम्पनीलाई ब्रोकरको लाईसेन्स दिँदा बजारमा के कस्तो असर पर्छ के राम्रो हुन्छ भनेर अहिलेसम्म लगानीकर्तालाई बुझाउन नसक्नु उसको कमजोरी भएको जानकारहरुको तर्क छ ।

लगानीकर्तालाई पुँजी बजारको विषयमा जानकारी गराउने निकाय धितोपत्र बोर्डले समेत लगानीकर्तालाई यसको बारेमा जानकारी नगराउँद सबैमा अन्योलता सृजना भएको छ । यसको बारेमा लगानीकर्तालाई जानकारी गराउने बोर्डको दायित्व भएपनि अहिले बोर्ड दायित्व भुलेर चर्चामा आउने र अकुत लाभ लिने काममा तल्लिन रहेको सेयर बजारको जानकारहरुको तर्क रहेको छ ।

बैंकर्स संघलाई माग राख्दा हैरान, लगानीकर्ताको पनि हालत उस्तै

बैंकका सहायक कम्पनीले ब्रोकरको लाईसेन्स पाउनु पर्छ भनेर बैंकर्स संघले लामो समयदेखि माग गर्दै आएको छ । संघले तत्कालिन समयमा अर्थ समितिको छलफलदेखि अहिलेसम्म यो मागलाई कायमै राखेको छ । पछिल्लो समय संघले नेपाल राष्ट्र बैंकलाई आगामी आर्थिक वर्षको मौद्रिक नीतिको लागि सुझाव दिने क्रममा बैंकका सहायक कम्पनीलाई ब्रोकरको लाईसेन्स दिनुपर्ने पुरानो मागलाई निरन्तरता दिएको छ । संघको यो माग अहिलेको होइन । तर बोर्डले चासो भने फिटिक्कै दिएको छैन ।

लगानीकर्ताले पनि यो माग बर्षौदेखी राख्दै आएका छन् । गत शुक्रबार धितोपत्र बोर्डले आगामी आवको नीति तथा कार्यक्रमका लागि सुझाव लिएको थियो । सुझाव दिने क्रममा नेपाल इन्भेष्टर फोरमका छोटेलाल रौनियारले बैंकका सहायक कम्पनीलाई ब्रोकर लाईसेन्स दिन माग गर्नु भएको छ । सुझाव दिने क्रममा उहाँले मात्रै नभएर लक्ष्मी बैंकका पुर्व प्रबर्धक राजेन्द्र खेतानले पनि बैंकका सहायक कम्पनीलाई तत्काल ब्रोकरको लाईसेन्स दिन सुझाव दिनु भएको छ ।

वि.सं.२०७८ असार २७ आइतवार १७:१९ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...