back
NMB ad

बीमा समिति बन्यो प्रविधि मैत्री, अनुगमन नियमन पारदर्शी बन्दै

Kumari bank ad

काठमाडौं । बीमा समितिले नयाँ सर्भर र नयाँ सफ्टवेयर सञ्चालमा ल्याएसँगै अझ बढी चुस्त दुरुस्त एंव पारदर्शी हुने भएको छ । नयाँ सर्भर सञ्चालन गरेसँगै समितिले सरोकारवालालाई छिटो छरितो रुपमा सेवा उपलब्ध गराउने भएको छ ।

समितिले नयाँ सर्भर र सफ्टवेयर इन्स्योरेन्स रेगुलेटरी म्यानेजमेन्ट इन्फरमेसन सिन्टम (आईआरएमआईएस) सञ्चालनमा ल्याएको छ ।
समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले नयाँ सर्भर र सफ्टवेयर आईआरएमआईएसमार्फत् बीमा व्यवसायलाई प्रविधिमैत्री बनाएर अघि बढाउन सकिने बताउनुभयो ।

यो सँगै बीमा कम्पनीहरुले कानून बमोजिम समितिलाई उपलब्ध गराउनु पर्ने विवरण अनलाइनबाटै पठाउन सक्नेछन । यसले समितिले नीति बनाउन, रणनीति परिमार्जन गर्न तथा विश्लेषणका साथै नियमन र सुपरिवेक्षण गर्न समेत समितिलाई सहयोग पुग्ने बताइएको छ ।

यो सँगै बीमा कम्पनीबाट कानूनी, उजूरी, नियमन, नीति विश्लेषण र परिपालन सम्बन्धी विषयका साथै दाबी तथा सम्पति सुद्धीकरण सम्बन्धी विवरणहरु र बीमालेख तथा बीमाङकी, अण्डरराईटिङ, वित्तीय एंव लेखापरीक्षण र सूचना प्रविधि सम्बन्धी विवरणहरु समितिलाई प्राप्त हुने अपेक्षा समितिको रहेको छ ।

उक्त सफ्टवेयर मार्फत बीमा कम्पनीहरुबाट भएका स्थलगत सुपरीवेक्षण, गैर स्थलगत सुपरीवेक्षण, कृषि तथा लघु बीमा र पुनर्बीमा सम्बन्धी विवरणहरुका साथै इजाजत, बीमा अभिकर्ता तथा सर्भेयर र व्यवस्था सूचना प्रणाली सम्बन्धी विवरणहरु समितिलाई प्राप्त हुने व्यवस्था गरिएको छ ।

वि.सं.२०७८ साउन १ शुक्रवार १७:२७ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...