back
NMB ad

खल्तीले ल्यायो मोबाइल टपअपमा नेपालकै सबै भन्दा बढी क्यास ब्याक अफर, कति पाइने ?

Kumari bank ad

काठमाडौं । खल्ती डिजिटल वालेटले खल्तीमा दर्ता गरिएको मोबाइल नम्बर टपअपमा १० प्रतिशत क्यास ब्याक पाइने अफर ल्याएको छ ।

उक्त अफर टपअप सेवामा हालसम्म नेपाल कै सबै भन्दा बढी प्रदान गरिएको क्यास ब्याक रहेको छ । मोबाइल टप अप गर्न रिचार्ज कार्ड स्क्र्याच गर्न पर्ने झन्झटलाई न्युनिकरण गरि पैसा र समयको बचत गर्न उक्त अफर संचालनमा ल्याईएको खल्तीको ब्राण्ड तथा मार्केटिङ्ग प्रबन्धक शिरिष श्रेष्ठले बताउनुभयो ।

एनसेल, नेपाल टेलिकम, र स्मार्टको टपअपमा लागु हुने उक्त अफर अन्तर्गत क्यास ब्याक पाउन जुन नम्बरमा आफ्नो खल्ती आइडी रहेको छ सोहि नम्बर खल्तीबाट रिचार्ज गर्नपर्ने बताइएको छ । साथै खल्ती केवाईसि पनि भेरीफाई भएको प्रयोगमा रहेको खाता हुनपर्नेछ ।

उक्त योजना साउन ७ गतेदेखि सुरु भइ सिमित समयावधिको मात्र लागि हुनेछ खल्तीले जनाएको छ । क्यास ब्याक हरेक नेपाली महिना अनुसार एक महिनाको अधिकतम १ सय रुपैयाँ हुनेछ ।

त्यसपश्चात् सामान्य रूपमापाइने १ प्रतिशत क्यास ब्याक उपलब्ध हुने खल्तीले जानकारी दिएको छ । आफ्नो बाहेक अरुको नम्बर रिचार्जमा पनि सामान्य रूपमा पाइने १ प्रतिशत क्यास ब्याक उपलब्ध हुने बताइएको छ । साथै रिचार्ज गर्दा सम्पूर्ण क्यास ब्याक नदेखिए पनि शर्तहरु पुरा भएको खण्डमा भए ट्रान्जेक्शन हिस्टोरीमा पुरै क्यास ब्याक पाएको देख्न सकिनेछ ।

पाटन स्थित मकै पोल्दै गरेका खल्ती प्रयोगकर्ता ललिता यादवले भन्नुभयो–“खल्ती बाट रिचार्ज गर्न सार्है सजिलो हुने रहेछ। त्यसमाथि १० प्रतिशत क्यासब्याक पाउँदा मेरो पैसा र समय दुवैको बचत भएको छ”

१० प्रतिशत क्यास ब्याक पाउनका लागि:

१.खल्तीएपको टपअप अप्सनमा गई खल्ती आइडिमा रजिस्टर गरिएको मोबाइल नम्बर र रिचार्ज गर्न चाहेको रकम दाखिला गर्ने
२.सबै विवरण ठिक भएको निश्चित गरि “ओके” बटन मा ट्याप गर्ने, १०% अफर सम्बन्धि थप शर्तहरु खल्तीको ब्लगमा गई हेर्न सकिन्छ।

वि.सं.२०७८ साउन १० आइतवार १४:०५ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...