काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको मूल्य उकालो लागेको छ । सोमबार नेपाली बजारमा छापावाला सुनको मूल्य तोलामा १ सय रुपैयाँले वृद्धि भएको हो ।
अघिल्लो दिन ९२ हजार रुपैयाँमा खरिदबिक्री भएको सुन आज बढेर ९२ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघले आजका लागि तेजावी सुनको भाउ ९१ हजार ६ सय रुपैयाँ निर्धारण गरेको छ । अघिल्लो कारोबार दिन भने ९१ हजार ५ सय रुपैयाँ खरिदबिक्री भएको थियो ।
यस्तै, उक्त दिन चाँदी मूल्य भने स्थिर रहेको छ । अघिल्लो कारोबार दिन प्रतितोला १ हजार २७० रुपैयाँमा खरिदबिक्री भएको सुन आज पनि सोही मूल्य कायम भएको महासंघले जनाएको छ ।
वि.सं.२०७८ साउन ११ सोमवार १०:४९ मा प्रकाशित