काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ८ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
२४ घण्टाको अवधिमा पीसीआर १२ हजार ६५५ तथा एन्टिजेन ४ हजार ८६२ गरी कुल १७ हजार ५ सय १८ जनाको परीक्षण गरिएको थियो ।
जसमध्ये पीसीआर परीक्षणबाट २ हजार ७२६ तथा एन्टिजेनतर्फ १ हजार १७३ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप १ हजरा ७७८ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
थप २० जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
वि.सं.२०७८ साउन १२ मंगलवार १७:३३ मा प्रकाशित