काठमाडौं । साताको चौथो कारोबार दिन चन्द्रागिरी हिल्सको सेयर मूल्यमा उछाल आएको छ । बधुवार चन्द्रागिरीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको हो ।
उक्त मूल्यमा सकरात्मक सर्किट लागेको चन्द्रागिरीको प्रतिकित्ता १४८ रुपैयाँ ९० पैसाले वृद्धि भएको हो । योसंगै चन्द्रागिरीको सेयर मूल्य १ हजार ६३७ रुपैयाँ ९० पैसा पुगेको छ ।
उक्त दिन चन्द्रागिरीको ४ करोड ३० लाख ८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) का अनुसार आज २७ हजार १३६ कित्ता सेयर खरिदबिक्री भएको हो ।
वि.सं.२०७८ साउन १३ बुधवार १६:०५ मा प्रकाशित