back
NMB ad

करिव साढे सात करोड राजस्व छलि गर्ने एभरेष्ट मोइवाइल सेन्टर विरुद्ध मुद्दा दायर

Kumari bank ad

काठमाडौं । सात करोड बढी राजस्व छलि गर्ने एभरेष्ट मोइवाइल सेन्टर विरुद्ध मुद्दा दायर भएको छ ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका– ९ का ३५ वर्षीय विष्णु ज्ञवाली विरुद्ध राजस्व अनुसन्धान विभागले उच्च अदालत तुल्सीपुरमा मुद्दा दायर गरेको हो ।

ज्ञवालीको फर्ममा रहेका मोबाईलजन्य माल वस्तुहरुको भौतिक गणना गर्दा देखिएको मौज्दात र बिक्रीको विवरण फरक देखिएको, उनले पेश गरेको वित्तीय विवरण र आय विवरणमा बिक्री आय लुकाएको विभागले जनाएको छ ।

विभागका अनुसार मालवस्तु विक्री गर्दा बिल बिजक जारी नगरी न्यून मौज्दात देखाएको र भन्सार चोरी पैठारी गरी मालवस्तुको अधिक मौज्दात देखाई अवैध (लुज) बिल बिजकबाट मालवस्तु खरिद र बिक्रीगरी वास्तविक बिक्री आय लुकाएका थिए ।

साथै बिल बिजक जारी नगरी मालवस्तु बिक्री गरिएको तथा भन्सार चोरी पैठारी गरी राजस्व चुहावट गरेको पाइएको विभागले जनाएको छ ।

ज्ञवालीलाई १४ करोड ७५ लाख ५१ हजार १५२ रुपैयाँ समायको माग दावी गरिएको छ ।

वि.सं.२०७८ साउन १९ मंगलवार १७:२२ मा प्रकाशित

You can share this post!

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:५१

म्याग्दी :  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको...

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४६

काठमाडौँ, २२ वैशाख : निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४२

काठमाडौँ, २२ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:३८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...