
काठमाडौं । बुधवार अपि पावर कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । उक्त दिन कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको हो ।
साताको चौथो कारोबार दिन कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५१ रुपैयाँ ३० पैसाले वृद्धि भई ५६४ रुपैयाँ ३० पुगेको छ ।आज कम्पनीको सर्वाधिक सेयर कारोबार भएको छ ।
उक्त दिन कम्पनीको ७९ करोड ५० लाख १९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) का अनुसार कम्पनीको १४ लाख ४७ हजार ६७२ कित्ता सेयर खरिदबिक्री भएको छ ।
वि.सं.२०७८ साउन २० बुधवार १५:५३ मा प्रकाशित