back
NMB ad

१५७ प्रतिशतले बढ्यो नेरुडे लघुवित्तको नाफा, कस्ता छन् अन्य सूचक ?

Kumari bank ad

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७७/७८को चौथो त्रैमासमा १८ करोड २३ लाख ४८ हजार रुपैयाँ नाफा कमाएको छ ।

बिहीवार कम्पनीले सार्वजनिक गरेको गत वर्षको चौथो त्रैमासिक वित्तीय अवस्थाको तथ्याङ्कले यस्तो देखाएको हो । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १५७.३१ प्रतिशतले बढी हो । कम्पनीले अघिल्लो वर्षमा ७ करोड ८ लाख ६५ हजार रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीको खुद ब्याज आम्दानी गत वर्ष ४७.७८ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष ३८ करोड ३८ लाख ६६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको कम्पनीले गत वर्ष भने ५६ करोड ७२ लाख ९५ रुपैयाँ आम्दानी गरेको छ ।

कम्पनीको चुक्तापुँजी ४९ करोड ३८ लाख ७७ हजार रुपैयाँ रहेको छ भने जगेडा तथा कोषमा ६३ करोड ५२ लाख ९५ हजार रुपैयाँ रहेको छ ।

अघिल्लो वर्ष ३.९७ प्रतिशत रहेको निष्क्रिय कर्जा गत वर्ष बढेर ४.३६ प्रतिशत पुगेको छ ।  कम्पनीको प्रतिसेयर आम्दानी ३६ रुपैयाँ ९२ पैसा र प्रतिसेयर नेटवर्थ २२८ रुपैयाँ ६३ पैसा रहेको छ ।

वि.सं.२०७८ साउन २१ बिहीवार १२:५८ मा प्रकाशित

You can share this post!

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:४५

चैनपुर, (बझाङ) २१ वैशाख : बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा...

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:३९

काठमाडौं । नेपाल एसबिआई बैंकले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा रहेको...

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:२९

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:२३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा...