back
NMB ad

नेपाली बजारमा भारतीय र चिनियाँ लसुन, प्याजको बर्चस्व, करिब ८ अर्बको आयात

Kumari bank ad

काठमाडौं । एक वर्षको अवधिमा नेपालमा करिब ८ अर्ब बढीको लसुन तथा प्याज आयात भएको छ ।

भन्सार विभागमा अनुसार गत आर्थिक वर्ष २०७७÷७८ मा करिब ८ अर्ब बढीको लसुन, प्याज आयात भएको हो । एक वर्षको अवधिमा ७ अर्ब ७६ करोड ६५ लाख ७७ हजार रुपैयाँ बराबरको लसुन, प्याज आयात भएको हो ।

भन्सार विभागको तथ्याङ्क अनुसार नेपालमा लसुन मात्रै ५ अर्ब २९ करोड ८३ लाख ४१ हजार रुपैयाँ बराबरको आयात भएको छ । नेपालमा छिमेकी दुई मुलक चीन र भारतबाट लसुन आयात हुने गरेको छ ।

गत आवमा ५० हजार ३०३ टन भन्दा बढी लसुन आयात भएको छ । जसमा चीन तर्फको हिस्सा बढी रहेको छ । चीनबाट देशबाट ५ अर्ब २४ करोड ६४ लाख ७० हजार रुपैयाँ बराबरको लसुन नेपाल भित्रिएको हो । चीनबाट लसुन आयात गर्दा सरकारले १ अर्ब ३१ करोड ७२ लाख ५९ हजार रुपैयाँ राजस्व प्राप्त गरेको छ ।

गत वर्ष भारतबाट ५ करोड १८ लाख ७१ हजार रुपैयाँ बराबरको लसुन आयत भएको छ । उक्त अवधिमा भारतबाट ६१८ टन लसुन नेपाल आयात भएको विभागले जनाएको छ ।

विभागका अनुसार गत आर्थिक वर्षमा २ अर्ब ४६ करोड ८२ लाख ३६ हजार रुपैयाँ बराबरको प्याज आयात भएको छ । नेपालमा चीन, भारत, इजिप्ट, टर्की र इन्डोनेशियाबाट प्याज आउने गरेको छ ।

एक वर्षका अवधिमा ६९ हजार १७५ टन बढी प्याज नेपाल भित्रिएको विभागले जनाएको छ । नेपालमा सबैभन्दा बढी प्याज भारतबाट आउने गरेको छ । उक्त देशबाट गत आवमा २ अर्ब ३९ करोड ७८ लाख २३ हजार रुपैयाँ बराबरको ६१ हजार ६५४ टन बढी प्याज आयात भएको हो ।
गत वर्ष चीनबाट ५ करोड १२ लाख ९१ हजार रुपैयाँ बराबरको प्याज आयात भएको छ । उक्त मुलुकबाट ७७९ टनभन्दा बढी प्याज आएको विभागले जनाएको छ ।

यस्तै, इजिप्टबाट १ करोड ४६ लाख ८९ हजार, टर्कीबाट ४४ लाख २५ हजार र इन्डोनेशियाबाट ८ हजार रुपैयाँ बराबरको प्याज आयात भएको विभागले जनाएको छ । प्याज आयतबाट सरकारले २२ करोड ३२ लाख ८४ हजार रुपैयाँ राजस्व प्राप्त गरेको छ ।

वि.सं.२०७८ साउन २२ शुक्रवार १८:१० मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...