back
NMB ad

चन्द्रागिरी हिल्सको कारोबारमा वित्तीय विवरणको असर: घट्यो सेयर मूल्य, आज कति कित्ता बिक्यो ?

Kumari bank ad

काठमाडौं । चन्द्रागिरी हिल्सको सेयर मूल्यमा गिरावट आएको छ । सोमबार कम्पनीको सेयर मूल्य २.८३ प्रतिशतले घटेको हो ।

साताको दोस्रो कारोबार दिन कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४५ रुपैयाँले घटेको हो । योसंगै आज कम्पनीको सेयर मूल्य १ हजार ५४३ रुपैयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्ज(नेप्से) का अनुसार आज कम्पनीको २ करोड ११ लाख १२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कम्पनीको १३ हजार ६७६ कित्ता सेयर खरिदबिक्री भएको नेप्सेले जनाएको छ ।

सोमबार नै कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासिक वित्तीय अवस्था सार्वजनिक गरेको छ । कम्पनीको अधिकांश सूचक नोक्सानीमा देखिएका छन् ।

गत आवको चौथो त्रैमासमा कम्पनीले १४ करोड ७२ लाख २६ हजार रुपैयाँ नोक्सानी ब्यहोरेको छ । चन्द्रागिरी गत आवमा २५ करोड ३८ लाख ४२ हजार रुपैयाँ नोक्सानीमा देखिएको हो ।

जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा कम्पनीको नोक्सानी १३८.०८ प्रतिशतले बढेको हो । कम्पनी अघिल्लो आवमा १० करोड ६६ लाख १६ हजार रुपैयाँ नोक्सानीमा रहेको थियो ।

कम्पनीको चुक्तापुँजी १ अर्ब ५३ करोड ४० लाख ९१ हजार रुपैयाँ रहेको छ । जगेडा तथा कोष पनि नोक्सानीमा देखिएको छ । अघिल्लो आवमा १३ करोड ९७ लाख १७ हजार रहेको उक्त कोषमा नोक्सानी गत वर्ष बढेर ३९ करोड ३५ लाख ६० हजार रुपैयाँ पुगेको छ ।

कम्पनीको संचालन मुनाफा पनि घटेको छ । गत वर्ष कम्पनीको संचालनमा मुनाफा १९ करोड १५ लाख ५ हजार रुपैयाँले घटेको हो । अघिल्लो आवको चौथो त्रैमासमा ४३ करोड ३० लाख ८३ हजार रुपैयाँ संचालन मुनाफ रहेको कम्पनीको गत वर्ष भने २२ करोड १५ लाख ७८ हजार रुपैयाँमा झरेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी पनि १६ रुपैयाँ ५५ पैसा ऋणात्मक देखिएको छ ।

वि.सं.२०७८ साउन २५ सोमवार १६:०७ मा प्रकाशित

You can share this post!

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...

कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक   

कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:२५

क्यानबेरा, १४ वैशाख : विश्वव्यापी रूपमा वातावरणमा पाइने ब्रान्डेड प्लास्टिक...