काठमाडौं । साताको चौथो कारोबार दिन नेपाल दुरसञ्चार कम्पनी(एनटीसी) को सेयर मूल्यमा गिरावट आएको छ ।
उक्त दिन कम्पनीको सेयर मूल्य शून्य दशमलव ७० प्रतिशतले घटेको हो । बुधवार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९ रुपैयाँले घटेर १ हजार २७० रुपैयाँ कायम भएको छ ।
उक्त दिन कम्पनीको २ करोड ४१ लाख ३८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का अनुसार आज कम्पनीको १८ हजार ९१५ कित्ता सेयर खरिदबिक्री भएको हो ।
वि.सं.२०७८ साउन २७ बुधवार १६:३४ मा प्रकाशित