काठमााडौं । नेपाल राष्ट्र बैंकले कर्जा-निक्षेप अनुपात (सीसीडी) रेसियो खारेजी गरेर सीडी रेसियो लागु गर्ने भएको छ ।
राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै सीसीडी रेसियो खारेजी गरेर सीडी रेसियो लागु गर्ने जनाएको छ ।
मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाहरुले २०७९ असार मसान्तसम्ममा (सीसीडी) रेसियो अधिकतम ९० प्रतिशत कायम गर्नु पर्ने व्यवस्था गरी विद्यमान कर्जा-स्रोत परिचालन अनुपात सीसीडी रेसियो सम्बन्धी व्यवस्था खारेज गरिने जनाएको छ ।
पुँजी कोष र पुँजी कोषको अङ्गको रुपमा रहेका ऋणपत्र बाहेकका ऋणपत्र र सापटीलाई उपरोक्त बमोजिमको कर्जा–निक्षेप अनुपातमा समायोजन गर्न सकिने व्यवस्था गरिने जनाएको छ
वि.सं.२०७८ साउन २९ शुक्रवार १७:४८ मा प्रकाशित