back
NMB ad

मौद्रिक नीतिले पुँजी बजारलाई निरुत्साहित बनाउँछः महासंघ

Kumari bank ad

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक बर्ष २०७८-७९ मौद्रिक नीतिले पुँजी बजारलाई निरूत्साहित गर्ने जनाएको छ ।

पुँजी बजारमा निरन्तर वृद्धि भइरहेको सर्वसाधारणको समेत रुचि बढिरहेको समयमा बैंक वित्तिय संस्थाबाट प्रवाह हुने कर्जामा सिमा लाग्दा यसले बजारलाई निरुत्साहित बनाउने महासंघको ठहर छ ।

कोभिडपछिको पुनरूत्थान, उद्यमशीलता विकास र साना तथा मझौला उद्यमको प्रवद्र्धनमा सकारात्मक प्रभाव पार्ने नेपाल उद्योग वाणिज्य महासंघले जनाएको छ ।

मौद्रिक नीतिले आव २०७७-७८ मा दिएका पुनरकर्जा, पुनरसंचना तथा पुनतालीकीकरण लगायतका कतिपय सुुविधालाई नै निरन्तरता दिइएकाले पुनरूत्थानमा सहयोग पुुग्ने महासंघको ठहर छ ।

१ करोड भन्दा कमको ऋण लिने साना तथा मझौला उद्यमीलाई आधार दरमा अधिकतम २ प्रतिशत बिन्दुले मात्र प्रिमियम थप गर्न सक्ने व्यवस्थाले उद्यमीलाई कर्जासम्मको पहुच सहज बनाउनेछ ।

बैंक तथा वित्तीय संस्थाहरूले २०७९ असार मसान्तसम्ममा कर्जा–निक्षेप अनुपात अधिकतम ९० प्रतिशत कायम गर्नु पर्ने व्यवस्था गरी विद्यमान कर्जा–स्रोत परिचालन अनुपात (सीसीडी रेसियो) सम्बन्धी व्यवस्था खारेज गर्ने व्यवस्थाले बजारमा तरलता प्रवाह बढने महासंघको ठहर छ । चालु आर्थिक बर्षमा तरलतामा चाप पर्ने देखिएकाले तारलता व्यवस्थापन गर्न महासंघ नेपाल राष्ट्र बैंकलाई सुुझाउ“छ ।

भुक्तानी कारोबारमा विद्युतीय माध्यमको प्रयोगलाई प्रवद्र्धन गरी नगद कारोबार न्यूनीकरण गर्दै लगिने कुरा स्वागतयोग्य छ । विद्युतीय भुक्तानी कारोबारमा लाग्ने शुल्क परिमार्जन गरिने र सिमा बढाउने व्यवस्थाले सुशासन कायम गर्न मद्दत पुुग्नेछ । यसैगरि इकेवाइसीको व्यवस्थाले पनि सर्वसाधारणलाई सहज बनाउनेछ ।

महिला उद्यमीलाई बिना धितो उपलव्ध गराउने ऋणको सीमा १५ लाखबाट २० लाख पुरयाएकोमा यसले मुलुकभित्र महिला उद्यमशीलता प्रवद्र्धनमा थप सहयोग पुुग्ने विश्वास महासंघको छ । साना कृषकलाई दिइने कर्जा प्रवद्र्धनमा गरिएको व्यवस्थाले सकारात्मक प्रभाव पार्नेछ । स्थानीय तहमा कर्जा सहज बनाउन फोकल डेस्क बनाउने व्यवस्थाले ग्रामीण क्षेत्रमा वित्तिय पहु“च र उद्यमशीलता विकासमा सहज हुने महासंघको ठहर छ ।

यसैगरी बैंक तथा वित्तीय संस्थाले ग्राहकलाई कालोसूचीमा राख्ने विद्यमान व्यवस्था पुनरावलोकन गरिने कुरा स्वागतयोग्य छ । यसैगरि निगरानी सूचिको अवधि पनि एक प्रतिशत बढाउनु सकारात्मक छ ।

महासंघले उठाउदै आएको स्टार्ट अप र साना उद्यमलाई परियोजना कर्जा सम्बन्धी व्यवस्था नीतिमा समावेश गरिएको छ । यसको कार्यान्वयनका लागि महासंघले तयार पारेको सम्भाव्यता अध्ययन प्रतिवेदन छिट्टै नै राष्ट्र बैंकमा पेश गरिनेछ ।

रेमिट्यान्स रकम बैंक तथा वित्तिय संस्थाहरूमा जम्मा गरेमा न्युनतम एक प्रतिशत विन्दु थप ब्याज पाउने व्यवस्थाले पनि रेमिट्यान्सलाई बैंकिङ माध्यमबाट भित्र्याउन र तरलता बढाउन मद्दत पुुग्नेछ ।

यसैगरी रियल स्टेट र सवारी कर्जालाई सहज बनाउन मौद्रिक नीतिले निजी क्षेत्रका सुुझाव समावेश हुन सकेको देखिएन् । निजी क्षेत्र मैत्री कार्यक्रमहरूलाई आगामी दिनमा समावेश गर्दै मौद्रिक नीतिको प्रभावकारी कार्यान्वयनका लागि महासंघ राष्ट्र बैक समक्ष आग्रह गर्दछ ।

वि.सं.२०७८ साउन ३० शनिवार १४:४० मा प्रकाशित

You can share this post!

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२६

काठमाडौं । प्रदशनिमार्ग स्थित काठमाण्डू मोडेल अस्पताल र प्रभु बैंक...

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२२

काठमाडौँ, १ जेठ : सरकारले विभिन्न विषय क्षेत्रका एक हजार...

नीति तथा कार्यक्रमः ‘कृषिमा लगानी दशक’ घोषणा   

नीति तथा कार्यक्रमः ‘कृषिमा लगानी दशक’ घोषणा   

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२०

काठमाडौँ, १ जेठः सरकारले कृषि क्षेत्रको विकासका लागि ‘कृषिमा लगानी...

सङ्गठित क्षेत्रलाई स्वास्थ्य बीमामा आबद्ध हुन अनिवार्य गराइने     

सङ्गठित क्षेत्रलाई स्वास्थ्य बीमामा आबद्ध हुन अनिवार्य गराइने     

वि.सं.२०८१ जेठ १ मंगलवार १७:१६

काठमाडौँ, १ जेठ : सरकारले आज प्रस्तुत गरेको आर्थिक वर्ष...

नीति तथा कार्यक्रम: ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ सञ्चालन गरिने   

नीति तथा कार्यक्रम: ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ सञ्चालन गरिने   

वि.सं.२०८१ जेठ १ मंगलवार १७:१४

काठमाडौँं, १ जेठ : नेपाल सरकारले महिलालाई आर्थिक रूपमा सक्षम,...

नीति तथा कार्यक्रमः थप १५ हजार हेक्टर कृषियोग्य भूमिमा सिँचाइ   

नीति तथा कार्यक्रमः थप १५ हजार हेक्टर कृषियोग्य भूमिमा सिँचाइ   

वि.सं.२०८१ जेठ १ मंगलवार १६:५६

काठमाडौँ, १ जेठ : सरकारले आगामी आर्थिक बर्षभित्रमा विभिन्न स्रोत...