काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको मूल्यमा गिरावट आएको छ । नेपाली बजारमा सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेको हो ।
अघिल्लो दिन ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज घटेर ९० हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघले आइतबार तोलाको ९० हजार २ सय रुपैयाँमा खरिदबिक्री भएको तेजावी सुनको मूल्य आज घटेर ९० हजार १ सय रुपैयाँ निर्धारण गरेको छ ।
यस्तै, उक्त दिन चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको हो । अघिल्लो दिन १२ सय ५ रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर १२ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
वि.सं.२०७८ साउन ३२ सोमवार ११:४२ मा प्रकाशित