back
NMB ad

कृषि क्षेत्रको विकास र सिंचाइको लागि सहुलियत दरमा विद्युत प्रदान गर्छौ : उर्जा मन्त्री भुसाल

Kumari bank ad

काठमाडौं । उर्जा, जलश्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले मुलुकको समृद्धिको आधारशीला कृषि, उर्जा तथा पर्यटन क्षेत्र रहेको बताउनुभएको छ ।

नेपाल चेम्वर अफ कमर्ससंगको भेटवार्तामा मन्त्री भुसालले कृषि क्षेत्रको विकासको लागि विद्युतीय प्रयोगमा वृद्धि ल्याउन प्रोत्साहनमूलक कार्यक्रम ल्याइने बताउनु भएको हो ।

उहाँले सिंचाइको लागि सहुलियत दरमा विद्युत प्रदान गरिने बताउनुभयो । सोही अवसरमा मन्त्री भुसालले विपन्न वर्गको लागि २० युनिट विद्युत निशुल्क प्रदान हुने बताउनुभयो ।

उहाँले पेट्रोलियम पदार्थ माथिको निर्भरतालाइ न्युन गर्न विभिन्न रणनीति लिइएको र आन्तरिक खपत वृद्धि गर्न तर्फ सरकारको ध्यान केन्द्रित रहेको जानकारी गराउनुभयो । साथै उहाँले विद्युत बढि खपत हुने उद्योगहरु ल्याउन समेत आग्रह गर्नुभयो ।

सोही अवसरमा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहने र निजी क्षेत्रको आत्मवल वृद्धि भएमा मात्र आर्थिक विकास तथा रोजगारी अभिवृद्धि तथा राजश्वमा योगदान पुग्ने बताउनुभयो ।

उहाँले जलश्रोतको अपार भण्डार भएको मुलुक भएकोले नेपालको पानी जनताको लगानी अवधारणाका आधारमा यसको उपयोग गर्न सकिएमा अर्थतन्त्रलाइ समृद्ध बनाउन र गरिवी निवारणमा टेवा पुग्नेमा जोडदिनुभयो ।

साथै अध्यक्ष मल्लले रेमिट्यान्स वापत नेपालमा भित्रिने रकम अनुत्पादक क्षेत्रमा खर्च भइरहेको परिस्थितिमा बैंकिङ च्यानल मार्फत भित्रिने रेमिट्यान्सलाई ऊर्जा लगायत पूर्वाधार तथा उत्पादनमूलक क्षेत्रमा लगानी गर्नका लागि प्रोत्साहनमूलक नीतिको आवश्यकता रहेको औल्याउनुभयो ।

उहाँले भारत, बंगलादेश लगायत दक्षिण एशियाली क्षेत्रमा द्रुतगतिले आर्थिक उन्नतिको मार्गमा अग्रसर भइ रहेकाले ती मुलुकहरुमा विद्युत बजार विस्तार गर्न निरन्तर रुपले कुटनीतिक पहल गरिनु पर्नेमा जोडदिनुभयो ।

विद्युत उर्जा मार्फत पेट्रोलियम पदार्थको आयात विस्थापन गर्न स्थानीय स्तरमा विद्युत उपभोग बढाउने रणनीति ल्याउन पनि आग्रह गर्नु भयो ।

सोही अवसरमा उर्जा क्षेत्रमा लगानी बढाउन हेजिङ सम्वन्धी व्यवस्था, जग्गा प्राप्तीको लागि सरलीकरण, आयकर छुट, प्रसारण लाइन र सवस्टेशन निर्माण सम्वन्धी रणनीतिक योजना वारे पनि सुझावहरु प्रस्तुत गर्नुभएको थियो ।

वि.सं.२०७८ भदौ २ बुधवार १०:४१ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...