back
NMB ad

धितोपत्र बोर्डका अध्यक्ष ढुंगानामाथी कर्मचारीले उठाए करिब ४३ करोड र २५ लाखको प्रश्न ?

Kumari bank ad

काठमाडौं । धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले पैसा देखेपछि अन्यत्र ध्यान नदिने र व्यक्ति केन्द्रित काम गर्न थालेपपछि उहाँ निकट कर्मचारी नै रुष्ट भनेर विरोधमा उत्रिन थालेका छन् ।

धितोपत्र बोर्डमा गएर अध्यक्ष ढूंगानाले एमाले र माओवादी निकट कर्मचारी जम्मा पारेर नेपाल धितोपत्र बोर्ड स्वतन्त्र कर्मचारी संगठन खोल्न लगाउनु भएको थियो । अहिले अध्यक्षको कामलाई देखेर संगठनका पदाधिकारी नै प्रश्न गर्दै विरोधमा उत्रन थालेका छन् ।

अहिले बोर्डमा सबैभन्दा चासोको विषय बनेको छ ७ रोपनी जग्गाको । धितोपत्र बोर्डले उपत्यका विकास प्राधिकरणसँग रहेको जडिबुटीको ७ रोपनी जग्गा किन्न भनेर चैतमा नै  करिब ४३ करोड रकम बुझाई सकेको छ ।

बोर्डले ३८ लाख रुपैयाँको दरले किन्ने भनेर सञ्चालक समितिबाट पारित गरेर उक्त रकम ५ महिना अघि नै प्राधिकरणलाई दिइसकेको छ । ५ महिना अघि जग्गा किन्न भनेर करिब ४३ करोड रुपैयाँ प्राधिकरणलाई दिने अहिले आएर मनोहरा आयोजनालाई देखाएर उक्त जग्गा पास गर्न अध्यक्ष ढुंगानाले नै आकानाकानी गरेपपछि उहाँ निकट कर्मचारी पनि निकै रुष्ट बनेका छन् । साउन २६ गते बोर्डमा रहेका दुई वटै संगठन नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियन र नेपाल धितोपत्र बोर्ड स्वतन्त्र कर्मचारी संगठनले संयुक्त रुपमा ध्यानाकर्षण गराएका छन् ।

संगठन र यूनियनका अध्यक्षद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा भनिएको छः लामो समयदेखि बोर्डलाई आवश्यक घर जग्गा खरिद प्रकृया अगाडि बढ्न नसकेकोमा हालै जडिबुटी स्थित काठमाडौं उपत्यका विकास प्राधिकरणको स्वामित्वमा रहेको ७ रोपनी जग्गाको लागि बोर्डको तर्फबाट २०७७ चैत ३ गते रकम भुक्तानी भइसकेको अवस्थामा पनि उक्त जग्गा बोर्डको स्वामित्वमा आउन नसकेको सम्बन्धमा ध्यानाकर्षण गर्दै उक्त जग्गा बोर्डको स्वामित्वमा ल्याउने प्रकृयालाई यथासिघ्र सम्पन्न गर्नुहुन अनुरोध गदैछौं’ भनिएको छ ।

बोर्डका एक अधिकारीका अनुसार प्राधिकरणलाई चैत ३ गते एभरेष्ट बैंकमा बोर्डले एनआईसी एसिया बैंक र सिद्धार्थ बैंक मार्फत करिब ४३ करोड रुपैयाँ एकै दिन दिएको थियो । तत्कालिन समयमा प्राधिकरणले जग्गा पास गरिहाल्ने भनेर करिब ४३ करोड रुपैयाँ एकै दिन जम्मा गरेको हो ।

ती अधिकारीका अनुसार जग्गा पास गर्नु भन्दा पहिला केही रकम बैनाको रुपमा दिनु सामान्य कुरा भएपनि एकै पटक सबै पैसा दिने, ५ महिनासम्म जग्गा पास नगर्ने, विभिन्न बाहना बनाएर बस्ने र एकै पटक सबै पैसा दिएर त्यो पैसाको ब्याजमा प्राधिकरणका अधिकारी र बोर्डको नेतृत्वले बदमासी गरेको देखिएकोले ध्यानाकर्षण गराउन बाध्य भएको हो ।

‘प्राधिकरणले त्यही बेलामा पास गरिदिन्छौ भनेर चैत ३ गते नै पैसा लियो त्यसपछि बोर्ड नेतृत्व नै विभिन्न बाहना बनाएर मौन रहेको छ’ उहाँले भन्नुभयो यो पैसामा केही ने केही गलत भएर हामीले ध्यानाकर्षण गराएका हौ । मौखिक रुपमा पटक पटक भन्दा पनि केही नलागेपछि लिखित रुपमा ध्यानाकर्षण गराउन बाध्य भएका हौ ।’

उहाँका अनुसार मासिक ८ लाख २७ हजार रुपैयाँ भाडा तिर्ने गरी तीन वर्षको लागि भाडामा लिने र ५ महिना देखी ७ रोपनी जग्गा किन्ने भनेर करिब ४३ करोड रुपैयाँ बुझाएर त्यसको न साँवा, न ब्याज, न जग्गा केही विषय पनि अघि नबढाएपछि बाध्य भएर ध्यानाकर्षण गराउनु परेको बताउनुभयो ।

अध्यक्ष निकट कर्मचारीका अनुसार हाल घाडामा बसेको घर कबन्द्रि ठाकुरको हो । उहाँ जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुरको भाइ भएको ती कर्मचारीको भनाई छ । अध्यक्ष निटक अर्का एक कर्मचारीको अनुसार अहिले भाडामा बसेको घर लीदा तीन महिनाको भाडा (२४ लाख ८१ हजार) मा नेतृत्वले नै हिनामिना गरेको देखिएपछि कर्मचारी संगठनहरु पनि तातेका छन् । अब सबै कर्मचारी एक भएर उक्त जग्गा पास गर्न लगाउने र चाँडो भन्दा चाँडो भवन निर्माणको कामलाई तिब्रता दिन दबाब सृजना गर्न कर्मचारी लागी पर्ने बताइएको छ ।

कर्मचारीका अनुसार पछिल्लो समयमा अध्यक्ष ढुंगानाले मनोहर खोलाका कारण जग्गा पास गर्न ढिला भएको भन्दै टार्दै आउनु भएको हो । उहाँले साउन ३१ गते अर्थ समितिको बैठकमा पनि यही कुरा गरेर पन्छिनु भएको छ । यता कर्मचारीका अनुसार पहिला ७ रोपनी जग्गा किन्न सञ्चालक समितिले नै पारित गरेर सबै पैसा दिएको हो । तर अहिले अध्यक्ष ढुंगानाले मनोहरा आयोजनालाई देखाएर कहिले ५ रोपनी मात्रै पास हुने भयो, कहिले ३८ लाखमा बैना गरेको भएपनि अहिले बढेर ५५ लाख रुपैयाँ प्रति आना पुग्ने भयो भन्दै आउनु भएको छ ।

अध्यक्ष ढुंगानाले एकै विषयमा पटक पटक कुरा फेरेर गर्ने र आर्थिक अनियमितता गरेको देखिन थालेपछि कर्मचारीका साथै कर्मचारी युनियन र संगठन पनि तातेका छन् ।

वि.सं.२०७८ भदौ २ बुधवार १७:३४ मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...