back
NMB ad

बोर्डका अध्यक्ष ढुंगाना, संचालक ढकाल र नेप्से सीईओ साउदलाई निलम्बन गरेर अनुसन्धान गर्न आग्रह

Kumari bank ad

काठमाडौं । अर्थ समितिको बैठकमा सांसद रामबावु यादवले धितोपत्र बोर्डका अध्यक्ष भिष्राज ढुंगाना र नेप्से सिईओ चन्द्रसिंह साउदलाई निलम्वन गरेर छावविन गर्न भएको छ ।

धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाले छोरिको नाम र नेप्से सिईओ साउदले श्रीमतीको नाममा गरेको सेयर कारोबारको विषयमा निलम्बन गरेर छानविन गर्नुपर्ने बताउनुभएको हो ।

निलम्बन नगरी कसरी अनुसन्धान हुन्छ ? उहाँले प्रश्न गर्दै भन्नुभयो, ‘उहाँले अनुसन्धानलाई प्रभावित पार्न सक्नुहुन्छ, त्यसैले निलम्बन गरेर छानविन गर्नुपर्छ ।’

यसैविच सांसद रामकुमारी झाँक्रीले पनि बोर्ड अध्यक्ष ढुंगाना र नेप्से सिईओ साउद र बोर्ड संचालक चन्द्र ढकालाई पनि निलम्बन गरेर अनुसन्धान गर्न आग्रह गर्नु भयो । उहाँले बोर्डका अध्यक्षले लिएको सेयर गोल्डेर भएको र पैसा नतिरेको भन्ने सुनिएको भन्दै त्यसको अनुसन्धान गर्न आग्रह गर्नुभयो ।

सांसद झाँक्रीले उद्योग वाणिज्य महासंघले बोर्डमा पठाउने संचालक स्वार्थ नबाझिने खालको हुनुपर्ने बताउनुभयो । बोर्डमा आउनेले स्वार्थ बाझिन नहुने उहाँको भनाई छ ।

सांसद रामकुमारी झाँक्रीले सर्वोत्तम सिमेन्ट प्रकरणमा अर्थले लेखेको पत्रमा आपत्ति जनाउनुभएको छ ।

अर्थ मन्त्रालयमा आयोजित समितिको बैठकमा सांसद झाँक्रीले धितोपत्र कोर्डका अध्यक्षले छोरीको नाममा सेयर किन्ने अनि मन्त्रालयले किन यसरि सोधेको भनेर प्रश्न गर्नुभएको छ ।

‘जवाफ दिने कर्मचारी सबै बढुवाको चरणमा थियो । मन्त्रालयका कारण बोर्डको संस्था गत जवाफ आयो । बोर्डका कर्मचारी दबाब र प्रभावमा पारियो । यो अनुचित छ । ‘ सांसद झाँक्रीले भन्नुभयो । ‘नेपाल स्टक एक्सचेञ्ज(नेप्से) को कम्पनी सचिवलाई ल्याएर जवाफ दिन किन लगाउनुभयो ? यसमा दबाब र प्रभाव जोडिएको छ ।’  उहाँले थप्नुभयो, -‘छोरिले सेयर किन्न पाईन्छ भनेको छ । अब एकाघरका परिवार भन्ने परिभाषा परिवर्तन गर्ने हो कि ।’

धितोपत्र बोर्डमा जाने महासंघका प्रतिनिधि पठाउन स्वार्थ नबाझिने खालको हुनुपर्ने उहाँको भनाई छ । अहिले बजारमा अनुचित काम भएको र यसले साना लगानिकर्ता मर्कामा परेकाले कानुन नै सुधार गरेर अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

वि.सं.२०७८ भदौ ४ शुक्रवार १२:०६ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...