back
NMB ad

१९.५४ %ले बढ्यो जीवन बीमा कम्पनीको नाफा : साढे ३ अर्ब बढी भुक्तानी गर्नै बाँकी, कुनको कति ?

Kumari bank ad

काठमाडौं । संचालनमा रहेकामध्ये ११ जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्ष २०७७/७८ वित्तीय अवस्था सार्वजनिक गरेका छन् ।

कम्पनीले सार्वजनिक गरेको वित्तीय अवस्था हेर्दा जीवन बीमा कम्पनीहरुको नाफामा सुधार देखिएको छ । गत वर्ष ११ जीवन बीमा कम्पनीहरुले २ अर्ब ६३ करोड ६५ लाख ४३ हजार रुपैयाँँ नाफा गरेका छन् । जुन नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा १९.५४ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीहरुले २ अर्ब २० करोड ५५ लाख १६ हजार रुपैयाँ नाफा गरेका थिए ।

गत वर्ष सबैभन्दा बढी नाफा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले कमाएको छ । कम्पनीले गत वर्ष ५३ करोड ५९ लाख ४३ हजार रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्षको तुलनामा भने सामान्य सुधार मात्रै हो । अघिल्लो आवमा कम्पनीले ५३ करोड ३ लाख ७९ हजार रुपैयाँ नाफा गरेको थियो ।

प्रतिशतका आधारमा भने सबैभन्दा बढी नाफा प्रभु लाइफको देखिएको छ । कम्पनीले गत आवमा १७ करोड ६ लाख ३१ हजार रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आवको तुलनामा २८३.४७ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले ४ करोड ४४ लाख ९६ हजार रुपैयाँ नाफा गरेको थियो ।

यसैविच गत आवमा ९ कम्पनीको साढे तीन अर्ब बढी रकम भुक्तानी गर्न बाँकी देखिएको छ । गत आवमा कम्पनीहरुले भुक्तानी गर्न बाँकी दावी रकम भने ३ अर्ब ६३ करोड ५६ लाख १९ हजार रुपैयाँ रहेको छ । अघिल्लो आवमा पनि २ अर्ब २६ करोड ४७ लाख ३२ हजार रुपैयाँ बाँकी रहेको थियो ।

गत आवमा रिलायन्स लाइफ इन्स्योरेन्स र सूर्या लाइफको भने दावी भुक्तानी बाँकी रकम देखिएको छैन । गत आवमा सबैभन्दा बढी भुक्तानी गर्न बाँकी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देखिएको छ । गत आवमा कम्पनीले २ अर्ब ५५ करोड ५१ लाख ९० हजार रुपैयाँ रकम भुक्तानी बाँकी रहेको छ ।

उक्त अवधिमा सबैभन्दा कम दावी भुक्तानी गर्न बाँकी रकम यूनियन लाइफको रहेको छ । कम्पनीले गत आवमा २५ लाख ४९ हजार रुपैयाँ रकम भुक्तानी गर्न बाँकी देखिएको हो ।

वि.सं.२०७८ भदौ ७ सोमवार १३:३५ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...