back
NMB ad

एक महिनामै साढे ३५ करोड बढीको विद्युतीय सवारी आयात: कार, जीप मात्रै १०५ थान

Kumari bank ad

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/८९ को पहिलो महिनामै साढे ३५ करोड बढीको विद्युतीय सवारी साधान आयात भएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको चालु आवको साउन महिनाको तथ्याङ्क अनुसार एक महिनामै ३५ करोड ७६ लाख ६३ हजार रुपैयाँ बराबरको विद्युतीय सवारी साधन आयात भएको हो ।

नेपालमा छिमेकी दुई मुलुक चीन, भारत, अमेरिका र कोरियाबाट विद्युतीय सावरी साधान आयात हुने गरेको छ । जसमध्ये विभिन्न तौल क्षमताका विद्युतीय कार, जीप र भ्यान आयात भएको विभागले जनाएको छ ।

साउन महिनामा ३३३ वटा विद्युतीय कार, जीप, भ्यान र तीन पाङ्ग्रे सवारी साधन आयात भएको विभागले जनाएको छ । यीमध्ये २२८ वटा तीन पाङ्ग्रे र १०५ वटा कार, जीप तथा भ्यान रहेका छन् ।

यीमध्ये ३३ करोड ५० लाख ४० हजार रुपैयाँ बराबरको विद्युतीय कार, जीप र भ्यान आयात भएको छ भने २ करोड २६ लाख २३ हजार रुपैयाँ बराबरको विद्युतीय तीन पाङ्ग्रे सवारी आयात भएको छ ।

चालु आवको पहिलो महिनामा १०० किलोवाट क्षमतासम्मका कार, जीप र भ्यान ४४ वटा, १५० किलोवाटदेखि २०० किलोवाट क्षमताससम्म ६१ वटा सवारी आयात भएको विभागले जनाएको छ ।

नेपालमा सबैभन्दा बढी कोरियाबाट १६ करोड ३४ लाख ३७ हजार रुपैयाँ बराबरको विद्युतीय सवारी आयात भएको छ । यस्तै, चीनबाट १५ करोड ८० लाख ८ हजार रुपैयाँ बराबरको ५६ वटा, भारतबाट १ करोड २४ लाख ८३ हजार रुपैयाँ बराबरको कार, जीप, भ्यान आयात भएको छ । यसप्रकारका सवारी आयातबाट नेपाल सरकारले ९ करोड २० लाख ३९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

२२८ वटा तीन पाङ्ग्रे विद्युतीय सवारी आयात

चालु आवको पहिलो महिनामा २ करोड ३७ लाख ३४ हजार रुपैयाँ बराबरको तीन पाङ्ग्रे विद्युतीय सवारी आयात भएको छ । साउन महिनामा २२८ वटा सवारी आयात भएको हो ।

यीमध्ये ४९ लाख ७८ हजार रुपैयाँ बराबरको ४० वटा तीन पाङ्ग्रे विद्युतीय सवारी भने जडान नभएको विभागले जनाएको छ ।
यसप्रकारका सवारी चीनबाट बढी आयात हुने गरेको छ ।

चालु आवको साउन महिनामा चीनबाट २ करोड २६ लाख २३ हजार रुपैयाँ बराबरको २१६ वटा तीन पाङ्गे विद्युतीय सवारी आयात भएको छ ।

यता, भारतबाट भने ११ लाख ११ हजार रुपैयाँ बराबरको १२ थान आएको छ । तीन पाङ्ग्रे सवारी आयातबाट ५७ लाख ६२ हजार रुपैयाँ राजस्व प्राप्त भएको छ ।

वि.सं.२०७८ भदौ १७ बिहीवार १७:१६ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...