काठमाडौं । कारोबारमा आएको दोस्रो दिन सानिमा लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा उछाल आएको छ । उक्त दिन कम्पनीको सेयर मूल्य ९.९७ प्रतिशतले वृद्धि भएको हो ।
आइतबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३३ रुपैयाँ ९० पैसाले वृद्धि भएको छ ।योसंगै कम्पनीको सेयर मूल्य ३७३ रुपैयाँ ८० पैसा कायम भएको हो ।
उक्त दिन कम्पनीको १ लाख ९ लाख ३३६ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का अनुसार ३०१ कित्ता सेयर खरिदबिक्री भएको हो ।
वि.सं.२०७८ भदौ २० आइतवार १५:३८ मा प्रकाशित