काठमाडौं । बुधवार जीवन विकास लघुवित्त वित्तीय संस्था र महिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा गिरावट आएको छ ।
उक्त दिन जीवन विकास लघुवित्तको सेयर मूल्य १.७६ प्रतिशतले घटेको छ भने महिला लघुवित्तकोमा पनि १.७५ प्रतिशतको गिरावट आएको छ ।
आज जीवन विकास लघुवित्तको सेयर मूल्य प्रतिकित्ता ८१ रुपैयाँले घटेर ४ हजार ५१० रुपैयाँ कायम भएको छ ।
महिला लघुवित्तको पनि प्रतिकित्ता ८१ रुपैयाँले घटेर आज ४ हजार ५५० रुपैयाँ कायम भएको हो । यी दुवै कम्पनी छोटो समयै लगानीकर्तालाई मालामाल बनाएको कम्पनी हो ।
साताको चौंथो कारोबार दिन जीवन विकास लघुवित्तको ५ करोड ४७ लाख ६९ हजार रुपैयाँ बराबरको १२ हजार १ सय कित्ता सेयर खरिदबिक्री भएको छ ।
यता महिला लघवित्तको भने ३९ लाख २७ हजार रुपैयाँ बराबरको ८६२ कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले जनाएको छ ।
वि.सं.२०७८ भदौ ३० बुधवार १५:४७ मा प्रकाशित