back
Kumari Bank

माइक्रोफाइनान्स, हाईड्रोपावरसहित दर्जन कम्पनीको लाभांश घोषणा, कसको कति ?

Nepal Bank

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा माइक्रोफाइनान्स कम्पनी मध्ये ५ वटा र ६ वटा जलविद्युत कम्पनीसहित १३ वटा कम्पनीले लाभांश घोषाणा गरेका छन् ।

कम्पनीहरुले गत आर्थिक वर्ष २०७७-७८ को मुनाफाबाट लाभांश घोषणा गरेका हुन् । लाभांश घोषणा गरेका माइक्रोफाइनान्स कम्पनीमा साधना लघुवित्त वित्तीय संस्था, स्वरोजगार लघुवित्त वित्तीय संस्था, फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था, डिप्रोक्स लघुवित्त वित्तीय संस्था र मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले लगानीकर्ताको लागि लाभांश घोषणा गरेका छन् ।

यस्तै लाभांश घोषणा गरेका जलविद्युत कम्पनीमा सानिमा माई हाईड्रोपावर, रु रु जलविद्युत परियोजना, नाग्दी ग्रुप पावर, अपी पावर कम्पनी, सिनर्जी पावर डेभलपमेन्ट र सुपरमाइ हाईड्रोपावर कम्पनी रहेका छन् । साथै युनिलिभर नेपालले पनि लगानीकर्ताहरुलाई ६५० रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले लगानीकर्तालाई बोनस भने नदिने भएको छ ।

यस्तै लाभांश घोषणा गरेका माइक्रोफाइनान्स कम्पनीमा सबैभन्दा बढी साधना लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी लाभांश घोषणा गरेको छ । कम्पनीले २६.३२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा बोनस २५ र नगद लाभांश १.३२ प्रतिशत दिने घोषणा गरिसकेको छ । सबैभन्दा कम लाभांश घोषणा गर्ने माइक्रोफाइनान्स कम्पनीमा अहिलेसम्म फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था रहेको छ । संस्थाले १०.५३ प्रतिशत मात्रै लाभांश दिने जनाएको छ । जसमा बोनस १० र नगद (कर प्रयोजनको लागि) ०.५३ प्रतिशत दिने प्रस्ताव गरेको छ ।

यस्तै स्वरोजगार लघुवित्तले बोनस मात्रै २५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । यता डिप्रोक्स लघुवित्तले २१.०५ प्रतिशत लाभांश घोषणा गरेको छ । जसमा बोनस २० प्रतिशत र नगद (कर प्रयोजनको लागि) १.०५, मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले लगानीकर्तालाई २० प्रतिशत बोनस दिने प्रस्ताज गरेको छ । कम्पनीले घोषणा गरेको लाभांशलाई राष्ट्र बैंकले स्वीकृत गरेर कम्पनीको आगामी आवको साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् ।

यस्तै जलविद्युत कम्पनीतर्फ सबैभन्दा बढी लाभांश घोषणा नाग्दी ग्रुपको रहेको छ । ग्रुपले २१.०५ प्रतिशत लाभांश घोषणा गरेको छ । जसमा बोनस २० र नगद १.०५ प्रतिशत रहेको छ ।
अहिलेसम्म सबैभन्दा कम लाभांश २ वटा कम्पनीको रहेको छ । जसमा सानिमामाई हाईड्रोपावर र रु रु जलविद्युत कम्पनीको रहेको छ । दुवै कम्पनीले बोनस १० र नगद लाभांश ०.५३ प्रतिशत दिने प्रस्ताव गरेका छन् ।

अन्य कम्पनीमा अपी पावर कम्पनीले ११.०५ प्रतिशत लाभांशको घोषणा गरेको छ । जसमा बोनस १०.५ र नगद ०.५५ प्रतिशत दिने भएको छ भने सुपरमाई हाईड्रोपावरले भने नगद मात्रै लाभांश दिने घोषणा गरेको छ । कम्पनीले ११.५ प्रतिशत लाभांश दिने भएको छ ।

वि.सं.२०७८ असोज ३ आइतवार १४:१८ मा प्रकाशित

You can share this post!

पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह   

पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह   

वि.सं.२०८२ असार २१ शनिवार ०६:१४

काठमाडौँ : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

आजको लागि विदेशी मुद्राको विनिमय दर   

आजको लागि विदेशी मुद्राको विनिमय दर   

वि.सं.२०८२ असार २१ शनिवार ०६:१०

काठमाडौँ : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय...

आज २१ आषाढ २०८२ शनिवार, कस्तो रहला तपाईको राशिफल ?

आज २१ आषाढ २०८२ शनिवार, कस्तो रहला तपाईको राशिफल ?

वि.सं.२०८२ असार २१ शनिवार ०६:०५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

बिपी राजमार्गको काभ्रे–खण्डमा राति यातायात सञ्चालनमा रोक   

बिपी राजमार्गको काभ्रे–खण्डमा राति यातायात सञ्चालनमा रोक   

वि.सं.२०८२ असार २० शुक्रवार १८:१९

काभ्रेपलाञ्चोक  : बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक–खण्डमा आगामी आइतबारदेखि राति साढे १०...

आँप बिक्रीबाट वार्षिक आठ लाख बचत   

आँप बिक्रीबाट वार्षिक आठ लाख बचत   

वि.सं.२०८२ असार २० शुक्रवार १७:१९

कैलाली  : कैलालीको गोदावरी नगरपालिका–१० मालाखेती खमौराका इन्द्रबहादुर सिंह मडै,...

एमएडब्लूले बालकुमारी र बसुन्धरामा अत्याधुनिक ईभी सर्भिस सेन्टर सञ्चालन गर्ने

एमएडब्लूले बालकुमारी र बसुन्धरामा अत्याधुनिक ईभी सर्भिस सेन्टर सञ्चालन गर्ने

वि.सं.२०८२ असार २० शुक्रवार १७:१०

काठमाडौं । ग्राहकलाई अझ राम्रो सेवा दिन र आफ्टर सेल्स...