back
NMB ad

सेयर बजार स्थिर : बैंकमा किन झुम्मिए लगानीकर्ता ?

Kumari bank ad

काठमाडौं । सेयर कारोबारको लागि अन्तिम दिन बिहीबार सेयर बजारमा स्थिर देखिएको छ ।

अघिल्लो दिनको कारोबारको तुलनामा यो दिन बजार स्थिर देखिएको छ । बजार मापन गर्ने सूचक २.७० अंकले बढेर परिसूचक २८१९.६६ बिन्दुमा रोकिएको छ ।

यो दिन बजारमा निकै उतार चढाव देखिएको छ । २२८ कम्पनीको १ करोड ५७ लाख १४ हजार २६६ कित्ता सेयर ७ अर्ब ७२ करोड ६३ लाख ७१ हजार २९ रुपैयाँको सेयर किनबेच भएको छ ।
यो दिनको कारोबारमा ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.९३ अंकले बढेर ५३०.०२ बिन्दुमा रोकिएको छ ।

कारोबारमा अधिकांश समूहको उपसूचमा गिरावट आएको छ । यो दिन बैंकिङ समूहको ४७.३७, फाइनान्स कम्पनीको उपसूचक ८.२ अंकले बढेको छ भने विकास बैंक ८०.४४, जलविद्युत ७१.८, निर्जीबन बीमा ९२.०४, उत्पादन तथा प्रशोधन ८०.४, माइक्रोफाइनान्स ४६.७९, जीवन बीमा समूहको उपसूचक ५१.०८ अंकले घटेको छ ।

यो दिनको कारोबारमा बैंकमा लगानीकर्ताको आकर्षण निकै बढेको छ । बुधबार २ वटा बैंकले लाभांश घोषणाको सुरुवात गरेका छन् । दुई वटा बैंकको आकर्षण लाभांश आएपछि अन्य बैंकले पनि सोही अनुपातमा लाभांश आउने धेरैको अपेक्षा रहेको र सोही अनुसार नै बैंकमा लगानीकर्ताको ध्यान पुगेको बताइन थालेको छ ।

वि.सं.२०७८ असोज ७ बिहीवार १५:२८ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...