काठमाडौं । कामना सेवा विकास बैंकले सेयर लगानीकर्तालाई लाभांश घोषणा गरेको छ ।
बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७-०७८ को मुनाफाबाट १९.४७ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
बैंकले लगानीकर्तालाई १८.५० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.९७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।
वि.सं.२०७८ असोज ८ शुक्रवार ११:१४ मा प्रकाशित