back
Kumari Bank

आजबाट आइपीओ निष्काशन गरेको न्यादी हाइड्रोपावरको यस्तो छ वित्तीय अवस्था

Nepal Bank

काठमाडौं । न्यादी हाइड्रोपावर कम्पनीले आज (शुक्रबार)देखी २२ करोड ५० लाख रुपैयाँको २२ लाख ५० हजार कित्ता सेयर निष्काशन गरेको छ ।

साढे २२ लाख कित्तामा १ लाख १२ हजार ५ सय कित्ता सामूहिक लगानी कोष र ४५ हजार कित्ता सेयर कर्मचारीलाई छुट्याएर २० लाख ९२ हजार ५ सय कित्ता सर्वसाधारणको लागि रहेको छ ।
कम्पनीको आइपीओमा लगानीकर्ताले सि–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट आवेदन दिन सकिने छ । कम्पनीले केयर रेटिङ्ग नेपालबाट ‘केयर एनपी आइआर डबल बी’ रेटिङ पाएको छ ।

कम्पनी २०६४ फागुन २६ गतेदेखि कारोबार सञ्चालनमा आएको हो । लमजुङ जिल्लास्थित मस्र्याङदी गाउँपालिका वडा नं ६ र ७ मा रहेको छ । कम्पनीले लमजुङको न्यादी खोला तथा सिउरी खोलाको पानी प्रयोग गरी ३० मेगावाट क्षमताको न्यादी जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

यसको प्रशारण लाइन लमजुङ जिल्लाको मस्र्याङदी गाँउपालिका–३,६,७ र ८ मा रहने छ । यसको विद्युत २०७८ असोज १ गतेबाट भएको छ । आयोजनाको कुल अनुमानित लागत ६ अर्ब ११ करोड ७७ लाख ५५ हजार ५५ रुपैयाँ रहेको छ । यसको लागत प्रतिमेगावाट लागत २० करोड ३९ लाख २५ हजार १६८ रुपैयाँ छ । साधारण लगानी फिर्ता हुने अवधि ७.७३ वर्ष रहेको छ । डिस्काउन्टेड लगानी फिर्ता हुने अवधि १३.८२ वर्ष रहेको छ ।

यसको अधिकृत पुँजी १ अर्ब ५० करोड रुपैयाँ रहेको छ भने जारी पुँजी १ अर्ब ५० करोड रुपैयाँ नै रहेको छ । चुक्ता पुँजी १ अर्ब ९ करोड ५० लाख रुपैयाँ रहेको छ ।

कम्पनीको पुँजी संरचना अनुसार ७३ प्रतिशत संस्थापक सेयरधनीको, १० प्रतिशत सेयर आयोजना प्रभावितको, २ प्रतिशत कर्मचारी र १५ प्रतिशत सर्वसाधारणको लागि छुट्याइएको छ ।
कम्पनीमा बुटवल पावर कम्पनीको १ करोड ७ लाख ५१ हजार ४५३ कित्ता र लमजुङ विद्युत विकास कम्पनीको १ लाख ९८ हजार ५४७ कित्ता सेयर स्वामित्व रहेको छ ।

वि.सं.२०७८ असोज १५ शुक्रवार १२:१२ मा प्रकाशित

You can share this post!

बिपी राजमार्गको काभ्रे–खण्डमा राति यातायात सञ्चालनमा रोक   

बिपी राजमार्गको काभ्रे–खण्डमा राति यातायात सञ्चालनमा रोक   

वि.सं.२०८२ असार २० शुक्रवार १८:१९

काभ्रेपलाञ्चोक  : बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक–खण्डमा आगामी आइतबारदेखि राति साढे १०...

आँप बिक्रीबाट वार्षिक आठ लाख बचत   

आँप बिक्रीबाट वार्षिक आठ लाख बचत   

वि.सं.२०८२ असार २० शुक्रवार १७:१९

कैलाली  : कैलालीको गोदावरी नगरपालिका–१० मालाखेती खमौराका इन्द्रबहादुर सिंह मडै,...

एमएडब्लूले बालकुमारी र बसुन्धरामा अत्याधुनिक ईभी सर्भिस सेन्टर सञ्चालन गर्ने

एमएडब्लूले बालकुमारी र बसुन्धरामा अत्याधुनिक ईभी सर्भिस सेन्टर सञ्चालन गर्ने

वि.सं.२०८२ असार २० शुक्रवार १७:१०

काठमाडौं । ग्राहकलाई अझ राम्रो सेवा दिन र आफ्टर सेल्स...

लागत नजिक अण्डाको मूल्य   

लागत नजिक अण्डाको मूल्य   

वि.सं.२०८२ असार २० शुक्रवार १६:५४

नारायणगढ (चितवन) : गर्मी मौसमका कारण अण्डाको उत्पादन घटेसँगै यसको...

मञ्जुश्री फाइनान्सद्वारा केडिया आँखा अस्पताललाई एसी सहयोग

मञ्जुश्री फाइनान्सद्वारा केडिया आँखा अस्पताललाई एसी सहयोग

वि.सं.२०८२ असार २० शुक्रवार १६:४८

वीरगञ्ज : संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मञ्जुश्री फाइनान्स लिमिटेडले आफ्नो...

राष्ट्रियसभाबाट बजेट आश्रित दुई विधेयक पारित   

राष्ट्रियसभाबाट बजेट आश्रित दुई विधेयक पारित   

वि.सं.२०८२ असार २० शुक्रवार १६:४१

काठमाडौँ : राष्ट्रियसभाबाट बजेट आश्रित दुई विधेयक पारित भएका छन्...