back
NMB ad

नागरिक लगानी कोषको नवनिर्मित भवन हस्तान्तरण

Kumari bank ad

काठमाडौ । नागरिक लगानी कोषको नवनिर्मित भवन सरकार, शहरी विकास तथा भवन निर्माण विभागले हस्तान्तरण गरेको छ ।

कोषको २९ औ वार्षिकोत्सवको अवसरमा २०७५ चैत ४ गते अन्तर्राष्ट्रिय सभा केन्द्रको पूर्व पट्टी रहेको कोषको ६ रोपनी जमिनमा सो भवनको तत्कालिन अर्थमन्त्री डा.युवराज खतिवडाले शिलन्यास गर्नुभएको थियो ।

लगानी कोष र शहरी विकास तथा भवन निर्माण विभागबीच भएको सम्झौता अनुसार कोषको करिव ९० करोड रुपैयाँ लगानीमा शहरी विकास तथा भवन निर्माण विभागले बोलपत्र प्रक्रियाबाट शर्मा रोशन जे.भी लाई निर्माण गर्न ठेक्का दिएको थियो ।

शर्मा रोशन कम्पनीका प्रवन्ध निर्देशक रमेश शर्माले भवन विभागका महनिर्देशक नवराज प्याकुरेललाई र महानिर्देशक प्याकुरेलले कोषका कार्यकारी निर्देशक रमण नेपाललाई नवनिर्मित भवन हस्तान्तरण गर्नु भएको हो ।

उक्त भवनको निर्माण पश्चातको हस्तान्तरण कार्यक्रम कोषका कार्यकारी निर्देशक नेपालले कोभिड–१९ को संक्रमण कालिन अवस्थामा पनि भवन निर्माणको कार्य चुस्त र द्रुत गतिमा निर्माण गरी नवनिर्मित भवन हस्तान्तरण गरेकोमा विभाग र निर्माण कम्पनीलाई धन्यबाद प्रदान गर्नुभयो । उहाँले नव निर्मित भवनबाट सेवाग्राहीले थप सुविधा पाउने धारणा राख्नुभयो ।

भवन विभागका महानिर्देशक प्याकुरेलले कोभिडको संक्रमणकालिन अवस्थामा पनि सरकारी स्तरबाट तोकिएकै समयमा आधुनिक भवन निर्माण गरी हस्तान्तरण गर्न पाएकोमा खुसी ब्यक्त गर्नुभयो ।

वि.सं.२०७८ असोज १६ शनिवार १४:२६ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...