back
Mega Long Ad

किन्ने होइन त अब मासिक २९ हजार किस्तामा ‘स्कोडा कुशाक’ कार ?

काठमाडौं । युरोपेली कार ब्रान्ड स्कोडाको नेपालीका लागि आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले ५० प्रतिशत डाउनमेन्ट गरि ९ प्रतिशत ब्याजदरमा गाडी किन्न सकिने अफर ल्याएको छ ।

कम्पनीले स्कोडा कुशाक गाडी अब मासिक किस्ता पाइने व्यवस्थासहितको विशेष अफर ल्याएको हो । उक्त गाडी अब मासिक २९ हजार किस्तामा खरिद गर्न सकिनेछ ।

कम्पनीका अनुसार हरेक स्कोडाको खरिदमा निःशुल्क बिमा, निःशुल्क एसेसोरिज, १ वर्षको निशुल्क सडक कर र अन्य आकर्षक उपहार पाउन सकिने छ ।

यसको ऋण अवधि भने ७ वर्षको हुने छ । कम्पनीका अनुसार उक्त योजनामा पहिलो एक वर्ष ब्याजदरमा कुनै परिवर्तन हुनेछैन ।

यो १.० लिटर टीएसआई पेट्रोल इन्जिद्वारा संचालित रहेको छ । ५० लिटर फ्यूल ट्याक क्षमता र अटोकेटिक ट्रान्समिशन र ६ स्पीड म्यानुअल रहेको छ ।

कम्पनीका अनुसार यो ४२२५ एमएम लामो, १७६० एमएम चौडा र १६१२ एमएम अग्लो रहेको छ । यसका साथै ह्विलबेस २६५१ एमएम र ग्राउन्ड क्लेरेन्स १८८ एमएम रहेको छ । यो गाडीको बुट क्षमता ३८५ लिटर छ रहेको छ । यसको सिट क्षमता ५ रहेको छ ।

यसको मूल्य नेपाली बजारमा मूल्य ४९ लाख ९० हजारदेखि ६५ लाखसम्म निर्धारण गरिएको छ । यो गाडी रातो, कालो, सेतो, चाँदी र सुन्तला रंगमा उपलब्ध रहेको छ ।

जसमध्ये एक्टीभ एमटीको मूल्य ४९ लाख ९० हजार, एम्बीशन एमटीको ५३ लाख ९० हजार, एम्बीशन एटी ५८ लाख ९० हजार, स्टाईल एमटी ६० लाख ९० हजार र स्टाईल एटीको ६५ लाख ९० हजार रुपैयाँ रहेको छ ।

वि.सं.२०७८ असोज १७ आइतवार १८:०६ मा प्रकाशित

You can share this post!

दुग्ध प्रशोधन केन्द्र चलाउँदै सहकारी

दुग्ध प्रशोधन केन्द्र चलाउँदै सहकारी

वि.सं.२०७८ कात्तिक ६ शनिवार १७:१९

तनहुँ । तनहुँको एक सहकारीले दुग्ध प्रशोधन केन्द्र सञ्चालन गर्ने...

महोत्तरीमा तीन हजार ७० हेक्टर धान बालीमा क्षति

महोत्तरीमा तीन हजार ७० हेक्टर धान बालीमा क्षति

वि.सं.२०७८ कात्तिक ६ शनिवार १६:५५

महोत्तरी । बेमौसमी बर्षाका कारण महोत्तरीमा ३ हजार ७२ हेक्टर...

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ढिलाई हुँदा भारतलाई फाइदा

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ढिलाई हुँदा भारतलाई फाइदा

वि.सं.२०७८ कात्तिक ६ शनिवार १२:५१

बुटवल । भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल समयमै निर्माण सम्पन्न...

गभर्नर अधिकारीको आश्वासनः लगानीमा ब्याजदर बढ्दैन

गभर्नर अधिकारीको आश्वासनः लगानीमा ब्याजदर बढ्दैन

वि.सं.२०७८ कात्तिक ६ शनिवार ११:५९

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तत्काल लगानीमा...

बाढी, पहिरो र डुबानमा परी १११ जनाको मृत्यु, ४२ जना घाइते, ३७ जना बेपत्ता

बाढी, पहिरो र डुबानमा परी १११ जनाको मृत्यु, ४२ जना घाइते, ३७ जना बेपत्ता

वि.सं.२०७८ कात्तिक ५ शुक्रवार १६:५०

काठमाडौं । अविरल वर्षाको कारण कात्तिक १ गतेदेखि देशका विभिन्न...

शनिबार पनि आरटिजीएस प्रणाली चल्ने

शनिबार पनि आरटिजीएस प्रणाली चल्ने

वि.सं.२०७८ कात्तिक ५ शुक्रवार १६:३९

काठमाडौं । शनिबार पनि आरटिजीएस (रियल टाइम ग्रस सेटलमेन्ट) प्रणाली...