back
NMB ad

सेयर बजारमा पहिरो जानुमा महासंघले देख्यो आधा दर्जन कारण, समाधान गर्ने कसले ?

Kumari bank ad

काठमाडौं । सेयर बजारमा निरन्तर दोहोरो अंकको गिरावट आउन थालेपछि उद्योग वाणिज्य महासंले पनि चासो देखाएको छ । महासंघले यस विषयमा आफ्नो ध्यानाकर्षण भएको जानकारी गराएको छ ।

मूल्य जस्तो संवेदनशील विषयमा अन्य निकायहरुको हस्तक्षेप हुनु, बैंक तथा वित्तिय र बीमा कम्पनीहरुको लगानी सीमालाई संकुचन गरिनु, सेयर धितो कर्जामा लगाईएको एकल ग्राहक कर्जा सीमा तोक्नु, सूचिकृत कम्पनीले आफ्नो आवश्कता अनुसार हकप्रद तथा अन्य विधिबाट पूँजी संकलन गर्न रोक लगाउनु, विद्युत नियमन आयोगबाट संस्थागत लगानीकर्ताले खरीद बिक्री गर्दा १५ दिन अगाडि नै स्वघोषणा गर्नु पर्ने व्यवस्था जस्ता नीतिगत परिवर्तनको कारण सेयर बजारमा असर परेको महासंघको ठहर छ ।

बजारलाई व्यवस्थित बनाउन उल्लेखेलि समस्या तत्काल समाधान गर्नुपर्ने महासंघको ठहर रहेको छ । सेयर बजार परिसूचक घट्बढ हुने क्रममा भदौ पहिलो साता यता समग्रमा पुँजी बजार ओरालो लागेको देखिन्छ । यसले आम लगानीकर्तालाई समेत सशंकित बनाएको देखिन्छ । उक्त नीतिगत व्यवस्थाहरुको तत्काल संशोधन एवं परिमार्जन गर्नुपर्ने सम्बन्धित व्यवसायीहरुको माग रहेको छ ।

पुँजी बजार सम्बन्धी नीति नियम बनाउंदा सरोकारवालाहरुसंग पनि छलफल र विमर्श गर्न महासंघले सम्बन्धित सबैलाई आग्रह गरेको छ । साथै पुँजी बजारमा जोखिम पनि रहने हुँदा लगानीकर्ताहरुलाई आपूmले कारोबार गर्न खोजेको कम्पनी बारेको वित्तीय लगायतका आवश्यक जानकारी हासिल गरी विवेकपूर्ण लगानी गर्न हुन पनि महासंघ आग्रह गरेको छ । यसैगरी संस्थागत लगानीकर्ताहरुको संख्या विस्तार पनि आवश्यक रहेको महासंघले जनाएको छ ।

बजार व्यवस्थित बनाउन आवश्यक अन्य नीतिगत व्यवस्था, पर्याप्त सूचना प्रवाह हुने संयन्त्रको निर्माण, प्रविधिको उच्चतम प्रयोग र नयां लगानीका साधन एवं उपकरण बढाउन पनि महासंले सम्बन्धित निकायसँग माग गरेको छ । पुँजी बजारकोे बिकास एवं प्रवद्र्धनमा नियामक निकाय लगायत अन्य सरोकारवालाको सकारात्मक भूमिका आवश्यक हुने हुँदा त्यसपर्तm सबैले योगदान गर्न महासंघले सबैको ध्यानाकर्षण गराएको छ ।

कोभिड १९ महामारी र त्यसलाई नियन्त्रण गर्न लगाइएको वन्दावन्दीका कारण अर्थतन्त्रमा नकारात्मक असर परेतापनि नेपालको पुँजी बजार भने यस अवधिमा गतिशील रही पुँजीबजारको इतिहासमा सर्बाधिक राजस्वसमेत प्रदान गर्न सफल रह्यो भने आम लगानीकर्ताको पुँजी बजारप्रतिको विस्वास बढायो जुन अर्थतन्त्रका लागि सकारात्मक पक्ष हो ।

बजारमा प्रविधिको प्रयोग र बैंक वित्तिय संस्थामा अधिक तरलता रहंदा धेरै लगानीकर्ताले अवसर पाएको महासंघको ठहर छ । अहिले डिम्याट खाता खोल्ने लगानीकर्ताको संख्या नै करिब ४५ लाख नाघ्नुले यसतर्पmको आकर्षण बढ्दै गएको देखाउँछ ।

अर्थतन्त्रको अवस्था र लगानीकर्ताको मनोविज्ञानले प्रभाव पार्ने बजारको स्वच्छ स्वस्थ र प्रतिष्पर्धी विस्तार एवं विकासका लागि नीतिगत स्थायित्व र प्रष्टता आवश्यक रहेको महासंघको बुझाई रहेको छ । केही समययताको नीतिगत अस्थिरताका कारण पनि पुँजीबजारमा उतार चढाव आएको महसुस गरिएको महासंघको भनाई छ ।

वि.सं.२०७८ असोज १९ मंगलवार १०:२५ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...