काठमाडौं । मंगलबारको प्रि–ओपनिङमा सेयर बजारमा सामान्य गिरावट देखिएको छ । बजार १.०२ अंकले घटेर परिसूचक २५६९.७९ बिन्दुमा रोकिएको छ ।
प्रि– ओपनिङमा ९ कम्पनीको १ हजार ६०५ कित्ता सेयर ४ लाख २१ हजार ३२५ रुपैयाँमा किनबेच भएको छ ।
कारोबारमा १ कम्पनीले कमाउँदा ४ वटा कम्पनीका लगानीकर्ताले गुमाएका छन् भने ३ वटाको कारोबारमा कुनै परिवर्तन आएको छैन ।
वि.सं.२०७८ असोज १९ मंगलवार ११:०२ मा प्रकाशित