काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ । बैंकको मंगलबार बसेको संचालक समितिको बैठकले १०.५२ प्रतिशत लाभांश वितरण दिने निर्णय गरेको हो ।
बैंकले आर्थिक वर्ष २०७७/७८ को संचित मुनाफबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत भएपश्चात बैंकको १७औँ साधारणसभाबाट पारित भएपछि मात्र सेयरधनीहरुलाई वितरण हुनेछ ।
वि.सं.२०७८ असोज २० बुधवार ११:३१ मा प्रकाशित