काठमाडौं । सानिमा बैंकले वार्षिक साधारणसभाका लागि मिति तोकेको छ । बैंकको असोज २२ गते बसेको संचालक समितिको बैठकले कात्तिक १४ गते सभा गर्ने भएको हो ।
बैंकले १७औं वार्षिक साधारणसभा प्रयोजनका लागि बुक क्लोज मिति पनि तोकेको छ । कम्पनीले कात्तिक ७ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ ।
वि.सं.२०७८ असोज २४ आइतवार १०:५८ मा प्रकाशित