back
NMB ad

ढुवानीका क्रममा १५ वटा खसी मरे, कहाँ-कहाँ पाईन्छ परीक्षण गरेका खसी, बोका ?

Kumari bank ad

काठमाडौँ । दसैंका लागि काठमाडौँ ल्याउँदा ढुवानीका क्रममा मरेका १५ वटा खसी गाडिएका छन् । क्लिन नेपालका सञ्चालक पदम थापाका अन्ुसार मंगलबार ७ वटा र बुधबार विहानै ८ वटा गाडिएको छ ।

थापाका अनुसार गएको बर्ष कोरोनाका कारण बजारमा खासै चहलपहल भएन । २०७६ सालमा भने मरेका भेडा, च्याङ्ग्रा, खसी, बोका गरेर करीव ५० वटा जति मरेका चौपाया गाडिएको थियो । ‘
हामीलाई कलंकीबाट चाहिँ खबर आउँछ । अरुतिर पनि खसी बजार छन् । ती बजारबाट चाहिँ खवर आएको छैन’ उहाँले भन्नुभयो ‘खवर आउने बित्तिकै हामीले टोली पठाएर मृत चौपाया उठाएर गाड्न ल्याउने गरेका छौँ ।’

काठमाडौँ महानगरपालिकाले स्वच्छ मासुका लागि चौपाया बजारमा ल्याइएका खसी बोका, भेडा च्याङ्ग्राको स्वास्थ्य परीक्षण गरिरहेको छ । काठमाडौँ महानगरपालिकाले संघ सरकारको पशु सेवा विभाग र वागमती प्रदेशको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रसँग सहकार्य गरेर परीक्षण तथा अनुगमन गरिरहेको हो ।

परीक्षण गरिएकामध्ये निरोगीको सिङ्मा हरियो र रोगीको सिङ्मा रातो रङ्ग लगाउने गरिएको छ । रातो रङ्ग लगाइएका चौपायाहरु उपचारपछि विक्री योग्य हुन्छन् । महानगरका वरिष्ठ पशु चिकित्सक डा. अवधेश झा भन्नुहुन्छ, बजारमा भेटिएका मृत चौपायाहरु रोगले मरेका होइनन् । ढुवानीका क्रममा च्यापिएर मरेका हुन् । जुनसुकै कारणले मरे पनि मृत चौपाया खान योग्य हुँदैनन् । त्यसैले यिनीहरुलाई गाड्ने गरिएको छ ।

नवमीसम्म चौपायाको बिक्री धेरै हुने गरेको छ । कलंकी खसी बजारभित्रबाट मात्र होइन, बाहिर सडक किनाराबाट पनि व्यापारीहरुले चौपाया बेचिरहेका छन् । काठमाडौँ चौपाया खरिद बिक्री प्रा. लि. का सञ्चालक व्यवस्थापक जीवन खतिवडाका अनुसार सडकमा चौपाया बिक्री रोक्नु पर्छ । यसले बजार व्यवस्थापनमा सघाउँछ ।

महानगरभित्रका दसैं लक्षित चौपाया बजारहरु कलंकी, खाद्य संस्थान थापाथली परिसर, टुकुचा खसी बजार र बालाजु वाइपास क्षेत्र हुन् । महानगरका पशु विकास अधिकृत डम्मरबहादुर बमका अनुसार यी बजारमा विहान ७ बजेदेखि १२ बजेसम्म एउटा टोली र १२ बजेदेखि ५ बजेसम्म अर्को टोली गरेर २ वटा टोली नियमित परिचालन गरिएका छन् ।

काठमाडौँ महानगरसँगै ललितपुरको लगनखेल (मच्छिन्द्र मा. वि. पछाडि), भक्तपुरको लोकन्थली, सल्लाघारी, चाल्नाखेलको राँगा बजार, चन्द्रागिरीे (थानकोट) दाउरा डिपोका चौपाया बजारमा परीक्षण भइरहेको छ ।

वि.सं.२०७८ असोज २७ बुधवार १२:०६ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...