back
NMB ad

वर्षाले धनुषाको जनजीवन कष्टकर, मुख्यमन्त्री कार्यालय मै पानी पस्यो

Kumari bank ad

जनकपुरधाम । मंगलबार रातीदेखि भएको निरन्तर वर्षा र डुबानले धनुषाको जनजीवन कष्टकर बनेको छ । अविरल वर्षाका कारण प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसर, मधेश भवनसहित जनकपुरधाम उपमहनगरपालिकाको वडा १, ४, ८, ७, १६ का केही घरमा पानी पसेको छ ।

हवाहुरी र वर्षा सँगै भइरहेकोले जनकपुरधाम–काठमाडौं हवाइ उडान समेत प्रभावित भएको छ । दैनिक १० उडान हुने जनकपुर–काठमाडौं हवाइ सेवा अवरुद्ध भएको छ । मौसम खराब भएपछि सोमबार पनि तीन वटा उडान क्यान्सिल गरेको जनकपुर विमानस्थलका रामजनम साहले बताए ।
यसैगरि, स्थानीय रामानन्द चोक, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडीको सडक, शिवचोकसहितका सडकको पानीको निकास नहँुदा डुबानमा परेको छ । उपमहानगरपालिकाले डोजर लगाएर जाम भएका नालालाई साफा गरेपछि पानीको घट्दै गएको छ । यसैबीच धनुषा र सिरहाको सिमाना कमला नदी तथा धनुषाका अन्य नदीहरूमा पानी सतह बढेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

रातीदेखि नै निरन्तर वर्षा भइरहे पनि जिल्लाका नदीहरूमा पानीको सतह अहिलेसम्म नियन्त्रणमै रहेको र कुनै प्रकारका मानवीय तथा भौतिक क्षति नभएको प्रहरी उपरीक्षक प्रकाश राना भाटले बताए । तर कमला नदीको पानी बाहिरियो भने ठुलो जनधनको क्षति हुने सम्भावना रहेकोले उनले बताए । यस विषयमा पहिलादेखि नै सर्तक रहेको र डुबान परेकाहरूलाई उद्धार र राहतको लागि सम्पूर्ण तयारी पुरा भइसकेको उनले बताए ।

हावाहुरीसँगै भइरहेको वर्षाले प्रदेश २ को प्रमुख धानबालीमा क्षति पुगेको छ । वर्षासँगैको हावाहुरीले भित्र्याउने बेला भएको धानबालीलाई नोक्सान गरेको कृषि ज्ञान केन्द्र धनुषाका प्रमुख शंकरप्रसाद साहले बताए । अग्लो क्षेत्रको धान खेतमा खासै प्रभाव नपारे पनि समतल तथा गहिरो जग्गाको खेतको बालीमा नोक्सान भएको छैन ।

वि.सं.२०७८ कात्तिक ३ बुधवार १२:३६ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...