back
NMB ad

कर्णालीमा बाढीको वितण्डा : ७ जनाको मृत्यु, एकजना बेपत्ता

Kumari bank ad

सुर्खेत । कर्णाली प्रदेशमा बाढीपहिरोका कारणले सातजनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । बाढीपहिरोका कारणले करोडौंको धनमाल नष्ट भएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार बाढीपहिरोका कारणले हुम्लामा ६ जना कालिकोटमा एक जनाको मृत्यु भएको छ ।

हुम्ला खार्पुनाथ गाउँपालिका–५ खर्पेलगाउँ ७० वर्षीयो धनवीरे शाहीको घरभन्दा माथिबाट पहिरो आई घर पुरिँदा घरभित्र रहेका ५५ वर्षीय कलबहादुर शाही (ज्वाई), उनकी श्रीमती ४० वर्षीया आशा शाही, छोरा १३ वर्षीया अलिन्द शाही, ५ वर्षीया छोरा हुमेस शाही र ३ वर्षीया छोरा जसबहादुर शाहीको मृत्यु भएको हो ।

त्यस्तै, कालिकोटको महावै गाउँपालिका–७ राम्नी बस्ने विष्णुलाल अधिकारीको घर अविरल वर्षाका कारणमाथिबाट पहिरो आई घर भत्किँदा उनको १८ वर्षीया छोरी स्मृति अधिकारीको मृत्यु भएको छ । ११ वर्षीया यूनिषा अधिकारीको दाहिने खुट्टामा चोट लागेको छ ।

जुम्ला हिमा गाउँपालिका–६ बाघबजार बस्ने ३३ वर्षीया रन्ना शाही हिमा नदिले बगाएर ल्याएको दाउरा निकाल्न जाने क्रममा बगेर बेपत्ता भएको र उनको खोजीकार्य जारी रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

कालिकोट रास्कोट नगरपालिका(८ पलातिवाडाका ६३ वर्षीय नन्दु न्यौपाने र उनकी छोरी १३ वर्षीया बाँचु न्यौपाने गोठबाट घरतर्फ फर्कने क्रममा घर नजिकै पहिरोमा परी घाइते भएका छन् । न्यौपानेको दुवै खुट्टामा चोट र उनको बाँचु न्यौपानेको दाहिने खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ ।

वि.सं.२०७८ कात्तिक ३ बुधवार १४:२७ मा प्रकाशित

You can share this post!

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...