back
NMB ad

सामलिङ्ग पावरको आइपीओ निष्काशन, कति दिने आवेदन ?

Kumari bank ad

काठमाडौं । सामलिङ्ग पावर कम्पनीले साधारण सेयर (आइपीओ) निष्काशन गरेको छ ।

कम्पनीले प्रति कित्ता एक सय रुपैयाँको दरले ७ करोड ३० लाख रुपैयाँको ७ लाख ३० हजार कित्ता आइपीओ निष्काशन गरेको हो ।

जसमा १४ हजार ६०० कित्ता कम्पनीका कर्मचारी र ३६ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी रहेको ६ लाख ७८ हजार ९०० कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

आइपीओमा न्यूनतम १० कित्तादेखी अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिने छ । आवेदन सि–आश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट दिन सकिने छ ।

यसको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग रहेको छ । आइपीओमा ८ कात्तिकसम्म आवेदन दिन सक्नेछन् ।

त्यस अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा कात्तिक १८ गतेसम्म आवेदन दिन सकिने छ । आइपीओलाई इक्रा नेपालले इक्राएनपी आईआर डबल बी माइनस रेटिङ्ग दिएको छ ।

वि.सं.२०७८ कात्तिक ४ बिहीवार १०:२५ मा प्रकाशित

You can share this post!

संसद्को गतिरोध अन्त्य गर्न कांग्रेसलाई अध्यक्ष ओलीको आग्रह   

संसद्को गतिरोध अन्त्य गर्न कांग्रेसलाई अध्यक्ष ओलीको आग्रह   

वि.सं.२०८१ जेठ ८ मंगलवार १३:१६

विराटनगर, ८ जेठः नेपाल कम्युनिष्ट पार्टी(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले...

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी

वि.सं.२०८१ जेठ ८ मंगलवार १२:५५

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी...

पशुपतिको भेटी चोरीमा कोषाध्यक्ष नै संलग्न, ज्याकेटमा लुकाएर दिनमै १५ हजारसम्म चोरी

पशुपतिको भेटी चोरीमा कोषाध्यक्ष नै संलग्न, ज्याकेटमा लुकाएर दिनमै १५ हजारसम्म चोरी

वि.सं.२०८१ जेठ ८ मंगलवार ११:३०

काठमाडौं । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदी नै...

गैँडाको खाग खरिदबिक्रीमा संलग्न भएको आरोपमा छजना पक्राउ   

गैँडाको खाग खरिदबिक्रीमा संलग्न भएको आरोपमा छजना पक्राउ   

वि.सं.२०८१ जेठ ८ मंगलवार ११:११

चितवन, ८ जेठः चितवन राष्ट्रिय निकुञ्जले एकसिङ्गे गैँडाको खाग खरिदबिक्रीमा...

बुद्धभूमि नेपाल हाइड्रोपावरलाई हकप्रद बिक्री गर्न स्वीकृति

बुद्धभूमि नेपाल हाइड्रोपावरलाई हकप्रद बिक्री गर्न स्वीकृति

वि.सं.२०८१ जेठ ८ मंगलवार ११:०४

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रो पावर कम्पनी लिमिटेडलाई १०० प्रतिशत...

सशस्त्र प्रहरीद्वारा ‘पिकअप भ्यान’सहित सामान बरामद   

सशस्त्र प्रहरीद्वारा ‘पिकअप भ्यान’सहित सामान बरामद   

वि.सं.२०८१ जेठ ८ मंगलवार १०:५४

मङ्गलबारे (इलाम), ८ जेठः नेपाल–भारत सीमा क्षेत्रबाट अवैध रूपमा नेपाली...