back
NMB ad

न्याय माग्न देवताको शरणमा

Kumari bank ad

जाजरकोट । नलगाड नगरपालिका–८ स्थित बतासे चिउरी सामुदायिक वन समुहमा अघिल्लो वर्ष आगो लगाइयो । आगो लगाउने व्यक्ति पत्ता नलाग्दा स्थानीय महादेव देवताको थान ( मन्दिर)बाट एक मुठी ध्वजा लिएर गाउँभरीका स्थानीयलाई आगो लगाएको हो वा होइन भन्दै छुन लगाइयो ।

आगो लगाएको व्यक्तिले नलगाएको भन्दै उक्त ध्वाजा छोएमा अनिष्ट हुने र दुख पाउने विश्वासका साथ उक्त ध्वाज छुन लगाएको थियो । त्यस्तै बारेकोट गाउँपालिका-८ लैखममा आइती खत्रीको जमिनमा रोपिएको मकैबाली स्थानीयवासीका पशुचौपायले खाएको भन्दै सत्य,तथ्य पत्ता लगाउन महादेव देवताको ध्वजाको सहारा लिइएको थियो ।

सबै छिमेकीलाई सो ध्वजा छुवाउँदा पनि मकै खुवाउने पत्ता नलागेपछि उक्त ध्वजा लिएर मन्दिरमा गई सक्कल, भक्कल साथ जसको पशुचौपायले खाएको उसैको नाश होस् भनि मन्दिरमा ध्वजा राखियो । त्यतिमात्र होइन, जाजरकोट अधिकांश गाउँमा पशुचौपायले अन्नबाली खाएमा, चोरी भएमा, झुट बोलेमा समेत देवताको ध्वजाकै सहरा लिन थालिएको छ ।

स्थानीय स्तरका भलादमीहरूले समेत देवताकै सहारा लिन आग्रह गर्दै आएको नलगाड नगरपालिका –८ स्थित पञ्च भयार माविका शिक्षक वीरबहादुर खत्रीले बताए । उनले भने, ‘गाउँमा जे विश्वास लाग्छ त्यही गर्छन् । दैनिक देवी ,देवताकै पूजाआजादेखि सेवा गरिन्छ । देखिनेभन्दा नदेखिने वस्तुकै बढी डर लाग्दो रहेछ, त्यसैले पनि विश्वास बढी लागेको होला ।’

गाउँमा बिरामी पर्न बित्तिकै सुरुको अस्पताल भनेकै देवताका धामी हुन्, उनले थपे । प्रहरी र स्थानीय न्यायिक समितिभन्दा अगाडि धामी र देवताको मन्दिरमै पुग्ने गरेको उनले बताए ।

आफूलाई मन नपरेको व्यक्तिले छोरी, बहिनी बिहे गरेमा समेत देवी, देवताको मन्दिरमै गएर न्याय माग्ने चलन बढ्दै गएको छ । जमिनमा लगाएको अन्नबाली भित्र्याउनसमेत देवताकै आशिर्वाद लिनुपर्ने चलनसमेत बाध्यकारी हुँदै आएको छ । अशिक्षित परिवारमा मात्र होइन, शिक्षक, कर्मचारीको घरमा समेत यस्ता खालका चलनहरू अझै जरो गाडेर बसेको नलगाड नगरपालिकाका नगरप्रमुख टेकबहादुर रावलले बताए ।

‘बिरामी हुँदा अस्पताल ल्याउनुको साटो धामी कहाँ लाने चलनले गर्दा समस्या हुँदै आएको छ । हाम्रा पढेलेखेका बुद्धीजीवि भनिनेहरूले समेत सोही कुरा गर्न सल्लाह दिन्छन्’, उनले भने, चोरी,पैठारी भएमा प्रहरीको सहयोग लिनुको साटो देवताको शरणमा पुगेमा कहाँबाट न्याय पाइनु ।

समाज परिवर्तनको खोक्रो नारा लगाएर मात्र हुँदैन, गाउँवस्ती स्तरमा पनि त्यो कुराले छुनुपर्ने नागरिक अगुवा राजेन्द्रविक्रम शाह बताउँछन् । । सदरमुकाममै भारी मात्रामा छुवाछुतदेखि देवताको शरणमा पुगेर न्याय माग्नेको चलन रहेको र गाउँमा झन बढेको शाहले भने । पाँच सयको क्षति हुँदा तीन हजार रुपैयाँको बोको मन्दिरमा चढाएर न्याय माग्ने चलनले गर्दा मानसिकता ध्वस्त भएको उनको तर्क छ । न्यूजकारखाना

 

वि.सं.२०७८ कात्तिक ४ बिहीवार १२:३७ मा प्रकाशित

You can share this post!

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:३८

तनहुँ, ६ जेठः पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड...

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१८

काठमाडौँ : सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा...

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१२

काठमाडौँ : हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको...

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...