back
NMB ad

बेमौसमी बर्षातले कृषक चिन्तितः प्रदेश सरकार मुकदर्शक, छैन क्षतिको विवरण

Kumari bank ad

काठमाडौं । बेमौसमी बर्षातको कारण धानबाली, तरकारीबाली, माछा लगायतमा निकै क्षति परेपनि प्रदेश–२ को सरकारले सामान्य रुपमा लिएको छ ।

बेमौसमी बर्षातका कारण बालीमा असर परेको बेला प्रदेश २ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले विज्ञप्ति जारी गर्दै किसानको समस्या समाधान गर्न भन्दा पनि मातहतका निकायहरुमा पत्राचार गरी क्षतिको यकिन गर्ने गराउने काम सुरु गरेको जानकारी गराएको छ ।

मन्त्रालयका अनुसार क्षतिको यथार्थ विवरण यकित गर्न स्थानिय तहको ठूलो भूमिका रहेको र उक्त कार्यमा प्रदेश सरकारलाई सहकार्य तथा सहयोग गर्न अनुरोध गरेको छ ।

मन्त्रालयद्वारा जारी विज्ञप्तिमा कात्तिक १ र २ गते मौसममा भएको बदलाबको कारण अविरल बर्षा तथा हावाको प्रभावबाट कृषि बालीनालीमा परेको नकारात्मक प्रभावले मन्त्रालयको ध्यानाकर्षण भएको जनाएको छ ।

प्रदेश २ मा यो वर्ष करिब ४ लाख ३ हजार हेक्टरमा धान रोपाइ भएको र धानबाली भित्र्याउने बेलामा आएको अविरल बर्षाले किसानको महेनत तथा लगानी खेर जाने हो की भन्ने डर लाग्नु स्वभाविक भएको तर्क गरेको छ ।

मन्त्रालयका अनुसार हालसम्म प्राप्त सूचना अनुसार फाटफुट्ट रुपमा कटानी भएको पाजा (पसही) खेतमा नै डुबेको, हावाको बेगको कारण लामो उचाई भएका जातहरु ढलेकोबारे सूचनाहरु संकलनको क्रममा रहेको जनाएको छ ।

खेतमा फलेको तरकारीमा नोक्सानको साथै दलहन र तेलहन बाली लगाउन बाधा पर्न सक्नेभन्दै अहिले विभिन्न तरकारीका बेर्नाहरु नर्सरीमा हुर्काउने समय भएकोले उक्त बेर्नाका ब्याडहरुमा पानी जमेको जानकारीमा आएको मन्त्रालयको दाबी छ । माछाका पोखरीका डिलहरुमा फाटफुट क्षति पुगेको भएपनि पशुपन्छीमा क्षति नपुगेको मन्त्रालयको दाबी छ ।

 

वि.सं.२०७८ कात्तिक ४ बिहीवार १३:३७ मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:४८

काठमाडौँ, २५ वैशाख :हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै...

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर   

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर   

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:२६

काठमाडौँ : ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा...

आज २५ बैशाख २०८१ मंगलवार, कस्तो छ आजको राशिफल ?

आज २५ बैशाख २०८१ मंगलवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:२१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:३०

काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक...

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:१३

काठमाडोँ, २४ वैशाख : प्राथमिक (आइपिओ) हकप्रद शेयर निष्कासनका लागि...

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार २०:२६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,...