काठमाडौं । सानिमा बैंकले थप दुई वटा बैंक कार्यालय स्थापना गरेको छ । बैंकले काठमाडौंको चपली र भक्तपुरको बालकोटमा बैंक कार्यालय स्थापना गरी बैंकिङ सेवा सुरु गरेको छ ।
बैंकका अनुसार चपली कार्यालयको बैंकका अध्यक्ष विनय कुमार श्रेष्ठ र बुढानिलकण्ठ नगरपालिका–७ का अध्यक्ष बस बहादुर महर्जनले उद्घाटन गरेका छन् ।
यस्तै बालकोट कार्यालयको सूर्यविनायक नगरपालिकाकी उपमेयर जिना बस्ने र सोही नगरपालिका–२ का अध्यक्ष कमलनाथ आचार्यले उद्घाटन गरेका छन् । बैंकको देशभर सातै प्रदेशमा ११६ कार्यालय र ९७ वटा एटिएम सञ्चालनमा रहेका छन् ।
वि.सं.२०७८ कात्तिक ४ बिहीवार १७:०८ मा प्रकाशित