काठमाडौं । कुमारी बैंकको लाभांश सुरक्षित गर्ने आज (आइतबार) अन्तिम दिन हो ।
आजसम्म सेयरधनी बनेका लगानीकर्ताले मात्रै बैंकले घोषणा गरेको लाभांश पाउने छन् ।
बैंकले कात्तिक १६ गतेको लागि बार्षिक साधारणसभा बोलाएको छ । त्यसको लागि सोमबारको लागि बुक क्लोज गर्ने भएको छ ।
बैंकले लगानीकर्तालाई ६ प्रतिशत बोनस सेयर र करसहित २.६७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।
वि.सं.२०७८ कात्तिक ७ आइतवार ०९:५० मा प्रकाशित