back
NMB ad

११ बैंकको लाभांश घोषणा, कुन बैंकको कति ?

Kumari bank ad

काठमाडौं । सञ्चालनमा रहेका वाणिज्य बैंकमध्ये अहिलेसम्म ११ वटा ले लाभांश घोषणा गरेका छन् ।

बैंकहरुले आर्थिक वर्ष २०७७-०७८ को मुनाफाबाट लगानीकर्तालाई लाभांश घोषणा गरेका हुन् ।
अहिलेसम्म लाभांश घोषणा गरेका बैंकमा सबैभन्दा बढी हिमालयन बैंकको रहेको छ । बैंकले २६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले दिन लागेको लाभांशमा बोनस २१.३८ र नगद ४.६२ प्रतिशत रहेको छ । लाभांश घोषणा गरेका बैंकमा दोस्रोमा सानिमा बैंकको रहेको छ । बैंकले १७.८९ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा बोनस १७ र नगद ०.८९ प्रतिशत रहेको छ ।

यस्तै नेपाल बैंकले १७ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट बैंक र सिटिजन्स बैंकले १६–१६ प्रतिशत, नेपाल बंगलादेश बैंकले १५.५ प्रतिशत, सिद्धार्थ बैंकले १५ प्रतिशत, माछापुच्छ्रे  बैंकले १४ प्रतिशत, स्टयान्डर्ड चार्टर्ड बैंकले १३.०६, ग्लोबल आईएमई बैंक १३.५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । यस्तै कुमारी बैंकले ८.६७ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । सबैभन्दा कम लाभांश कुमारी बैंकको रहेको छ ।

बैंकले घोषणा गरेको लाभांशमा सबै भन्दा बढी बोनस हिमालयन बैंकको रहेको छ । यसपछि सानिमा, सिद्धार्थ बैंक, नेपाल बैंक, माछापुच्छ्रे , नेपाल इन्भेष्टमेन्ट लगायतका बैंकको रहेको छ । बोनस पनि सबैभन्दा कम कुमारी बैंककै रहेको छ ।

नगद लाभांश बढी दिनेमा हिमालयन बैंक नै रहेको छ । बैंकले करसहित ४.६२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । लाभांश घोषणा गरेका मध्ये कुमारी, सानिमा र माछापुछ«े बैंकले बुक क्लोजको मिति सार्वजनिक गरिसकेका छन । यस्तै साधारणसभाको मिति पनि तय गरिसकेका छन् ।

यी कम्पनीले घोषणा गरेको लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारणसभाले पारित गरेपछि घोषित लाभांश पाउनेछन् ।

वि.सं.२०७८ कात्तिक ८ सोमवार १३:१८ मा प्रकाशित

You can share this post!

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०४

काठमाडौँ, २२ वैशाख : सरकारले विश्व बैङ्कबाट उपलब्ध हुने करिब...

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:३०

साओ पाउलो, २२ वैशाख : ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे...

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:२५

काठमाडौँ, २२ वैशाख : एसियाली विकास बैङ्क (एडिबी) ले जलवायु...

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:१८

काठमाडौँ, २२ वैशाख : ‘आरबी कम्प्लेक्स’ र ‘पिपुल्स प्लाजा’ ले...

वेस्ट इन्डिज ‘ए’ विरुद्धको खेलमा नेपालले पहिला बलिङ गर्ने   

वेस्ट इन्डिज ‘ए’ विरुद्धको खेलमा नेपालले पहिला बलिङ गर्ने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १२:५६

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ विरुद्धको ट्वान्टी–२० शृङ्खलाको...