back
NMB ad

केसीबाहेक सबै न्यायाधीश प्रधानन्यायाधीश जबराको विपक्षमा

Kumari bank ad

काठमाडौं । घर बिदामा बसेका न्यायाधीश तेजबहादुर केसीबाहेक १८ जना सर्वोच्च अदालतका न्यायाधीशहरू प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले मार्गप्रशस्त गर्नुपर्ने पक्षमा खुलेका छन् ।

बिदामा रहेका कारण १४ जना न्यायाधीशले फुलकोर्ट र अघोषित इजलास बहिष्कार गरेर सुरु गरेको आन्दोलनलाई बिदा सकेर मंगलबार फर्केका न्यायाधीश कुमार चुँडालले साथ दिएका थिए । मंगलबार नै अमेरिकामा रहेका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र घर बिदा लिएर नेपालभित्रै रहेका सपना प्रधान मल्ल र अनिलकुमार सिन्हाले इमेलमार्फत न्यायाधीशहरूको आन्दोलनमा आफ्नो पनि साथ रहेको जनाउ दिएका हुन् ।

सर्वोच्च अदालतका एक न्यायाधीशका असन्तुष्ट न्यायाधीशहरूको आन्दोलनको संयोजन गरिरहेका वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्कीलाई फोन र इमेलमार्फत थप तीन न्यायाधीशले ऐक्यबद्धता जनाएका हुन् ।

बिदामा रहेका न्यायाधीश तेजबहादुर केसीले भने कुनै जानकारी गराइनसकेको उनको भनाइ छ । सर्वोच्च अदालतमा प्रधानन्यायाधीश जबरासहित २० न्यायाधीश कार्यरत छन् ।

सर्वोच्चमा प्रधानन्यायाधीश जबरा, वरिष्ठतम् न्यायाधीश कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा.आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा, प्रकाशमानसिंह राउत, सपना प्रधान मल्ल, तेजबहादुर केसी, बमकुमार श्रेष्ठ, टंकबहादुर मोक्तान, प्रकाशकुमार ढुंगाना, सुष्मलता माथेमा, कुमार रेग्मी, हरिकुमार फुयाँल, मनोजकुमार शर्मा, कुमार चुँडाल र नहकुल सुवेदी छन् ।

वि.सं.२०७८ कात्तिक १० बुधवार १३:३५ मा प्रकाशित

You can share this post!

केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक कार्की   

केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक कार्की   

वि.सं.२०८१ वैशाख ३१ सोमवार १८:१२

काठमाडौँ, ३१ वैशाख : नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी...

सरकारको नीति तथा कार्यक्रम मङ्गलबार प्रस्तुत हुने   

सरकारको नीति तथा कार्यक्रम मङ्गलबार प्रस्तुत हुने   

वि.सं.२०८१ वैशाख ३१ सोमवार १७:५३

काठमाडौँ, ३१ वैशाख : सरकारको नीति तथा कार्यक्रम मङ्गलबार पेश...

एशियन लाईफ इन्स्योरेन्सले हकप्रद शेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

एशियन लाईफ इन्स्योरेन्सले हकप्रद शेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

वि.सं.२०८१ वैशाख ३१ सोमवार १७:४९

कठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन...

अर्थमन्त्री पुनद्वारा बजेटबारे विकास साझेदारहरुसँग छलफल

अर्थमन्त्री पुनद्वारा बजेटबारे विकास साझेदारहरुसँग छलफल

वि.सं.२०८१ वैशाख ३१ सोमवार १७:३६

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अन्तर्राष्ट्रिय विकास साझेदार संस्थाका...

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

वि.सं.२०८१ वैशाख ३१ सोमवार १७:२५

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट...

अनेरास्ववियुले भोलिदेखि आयोजना गर्ने विद्यार्थी महोत्सवको तयारी पूरा   

अनेरास्ववियुले भोलिदेखि आयोजना गर्ने विद्यार्थी महोत्सवको तयारी पूरा   

वि.सं.२०८१ वैशाख ३१ सोमवार १७:१९

काठमाडौँ, ३१ वैशाख : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन...