काठमाडौं । कुमारी बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक सेयरधनी बसन्तर कुँवरको नाममा रहेको संस्थापक सेयर बिक्री गर्न लागेको हो ।
बैंकले कुँवरको नाममा रहेको ३ हजार १६२ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा ल्याएको हो । उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयधरनीहरुले आवेदन दिन सक्नेछन् ।
सेयर खरिदका लागि आजैका मितिदेखि ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । सेयरको बिक्री मूल्य भने बिक्रेताले तोके बमोजिम हुनेछ ।
तोकिएको म्यादमा संस्थापक सेयरधनीहरुको आवेदन नपरेमा अन्य व्यक्तिलाई बिक्री प्रक्रिया अगाडि बढाईने सूचनामा उल्लेख छ ।
वि.सं.२०७८ कात्तिक ११ बिहीवार १२:२७ मा प्रकाशित