काठमाडौं । एभरेष्ट बैंकले लाभांश घोषणा गरेको छ । बैंकको शुक्रबार बिहान ११ बजे बसेको संचालक समितिको बैठकले १०.३२ प्रतिशत लाभांश घोषणा गरेको हो ।
कम्पनीले आर्थिक वर्ष २०७७÷७८ को संचित मुनाफबाट सेयरधनीहरुलाई ६ प्रतिशत बोनस र करसमेत ४.३२ प्रतिशत नगद लाभांश दिने भएको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
वि.सं.२०७८ कात्तिक १२ शुक्रवार १२:१८ मा प्रकाशित