काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलको सेयर सूचीकृत भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा बैंकको ९१ लाख ४८ हजार ८२२.०२ कित्ता सेयर सूचीकृत भएको हो ।
कम्पनीले साविकको सिर्जना फाइनान्सलाई प्राप्ति गर्दा कायम हुन आएको प्रतिसेयर अंकित तथा चुक्ता पुँजी १०० का दरको उक्त सेयर सूचीकृत भएको हो ।
उक्त सेयर धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा कारोबार हुनसक्ने गरि संलग्न सम्झौता बमोजिका सर्तहरु पालना गर्नुपर्ने गरि सूचीकृत गराएको हो ।
वि.सं.२०७८ कात्तिक १२ शुक्रवार १३:१८ मा प्रकाशित