back
NMB ad

कुम्भकर्ण हिमाल आरोहण असफल, आधार शिविरमा एक महिना बिताएर फर्किए आरोही

Kumari bank ad

ताप्लेजुङ । खराब मौसमका कारण ताप्लेजुङस्थित कुम्भकर्ण (फक्ताङ्लुङ) हिमाल आरोहण असफल भएको छ । हिमाल आरोहणका लागि यो सिजनमा अनुमति लिएका टीम असफल भएपछि फर्किएका छन् ।

कुम्भकर्ण हिमाल विश्वको ३२औं तथा नेपालको १४औं अग्लो हिमाल हो । फक्ताङ्लुङ गाउँपालिकामा रहेको कुम्भकर्णको उचाइ सात हजार सात सय १० मिटर छ । हिमाल आरोहणका लािग दुई जना अमेरिकी नागरिकसहितको टोली एक महिनाअघि कुम्भकर्ण हिमाल आधार शिविर पुगेको थियो । तर बेमौसमी वर्षा र अत्याधिक हिमपातका कारण आरोहण असफल भएपछि टोली फर्किएको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् कार्यालयले जनाएको छ । कार्यालयका पर्यटन सहायक टासी तेन्जिङ शेर्पाका अनुसार ९ असोजमा कुम्भकर्ण हिमालको आधारशिविरमा आरोहण टोली पुगेको थियो ।

अनुकुल समय पर्खेर आरोहण गर्ने योजना भए पनि मौसममा सुधार नभएपछि टोली फर्केको शेर्पाले बताए । टोली बिहीबार ताप्लेजुङको सदरमुकाम फुङ्लिङ फर्केको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् कार्यालय घुन्सा चेक पोष्टले जनाएको छ ।

पर्यटन विभागका अनुसार यो सिजनमा दुई जना अमेरिकीसहित पाँच जना विदेशी नागरिकले कुम्भकर्ण हिमाल आरोहणका लागि अनुमति लिएका थिए । पर्यटन विभाग पर्वतारोहण शाखाकी निर्देशक मीरा आचार्यका अनुसार पाँच जनालाई कुम्भकर्ण आरोहणका लागि अनुमति दिएको थियो । कोरोना महामारी सुरू भएपछि कुम्भकर्ण हिमाल आरोहणमा कसैले पनि अनुमति लिएका थिएनन् । वि।स। २०१९ मा फ्रान्सका एक नागरिकले पहिलो पटक कुम्भकर्ण हिमालको सफल आरोहण गरेका थिए । पछिल्लो पटक ०७६ सालमा दुई जना विदेशी नागरिकले कुम्भकर्णको सफल आरोहरण गरेको विभागले जनाएको छ ।

यस्तै, ताप्लेजुङमै कञ्चनजङ्घा हिमाल अरोहणमा यो सिजन तीन जना विदेशीले अनुमति लिएको पर्यटन विभागले जनाएको छ । विश्वको तेस्रो अग्लो शिखर कञ्चनजंघा ९८५८६० आरोहण भने सफल भएको छ । एक ताइवानी र चार नेपाली आरोहीको टोली ३० असोज दिउँसो १ बजे अरोहण गरेका हुन् । ताइवानका सेङ को अथ, दोलखाका निमा ग्याल्जेन शेर्पा र पाशाङरिन्जे शेर्पा तथा सोलुखुम्बुका ग्याल्जे शेर्पा र दाकीपा शेर्पाले आरोहण गरेको सेभेन समिट ट्रेक्स प्रालिका म्यानेजर थानेश्वर गुरागाईंले जनकारी दिए ।

दाकीपा शरद् ऋतुमा कञ्चनजंघा आरोहण गर्ने पहिलो महिला बनेकी छिन् । यो हिमाल आरोहणको ६६ वर्षे इतिहासमा शरद्मा यसअघि महिलाले आरोहण नगरेको सेभेन समिटले दाबी गरेको छ । न्युज कारखाना

वि.सं.२०७८ कात्तिक १२ शुक्रवार १५:५५ मा प्रकाशित

You can share this post!

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०४

काठमाडौँ, २२ वैशाख : सरकारले विश्व बैङ्कबाट उपलब्ध हुने करिब...

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:३०

साओ पाउलो, २२ वैशाख : ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे...

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:२५

काठमाडौँ, २२ वैशाख : एसियाली विकास बैङ्क (एडिबी) ले जलवायु...

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:१८

काठमाडौँ, २२ वैशाख : ‘आरबी कम्प्लेक्स’ र ‘पिपुल्स प्लाजा’ ले...