back
NMB ad

बढ्यो कृषि विकास बैंकको नाफा: वितरणयोग्य नाफा भने २ करोड ४५ लाख, यस्तो छ वित्तीय अवस्था

Kumari bank ad

काठमाडौं । कृषि विकास बैंकले चालु आर्थिक वर्ष २०७८७९ को प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार असोज मसान्तसम्म ४८ करोड ५३ लाख ७८ हजार रुपैयाँ नाफा कमाएको छ ।

जुन नाफा गत वर्षको सोही अवधिको तुलनामा ५.१८ प्रतिशतले बढी हो । गत वर्षको असोज मसान्तसम्म बैंकको नाफा ४६ करोड १४ लाख ६९ हजार रुपैयाँ रहेको थियो ।

बैंकको संचालन मुनाफा १ अर्ब ७० करोड ६८ लाख ३८ हजार रुपैयाँ रहेको छ भने वितरणयोग्य नाफा २ करोड ४५ लाख ३२ हजार रुपैयाँ रहेको छ ।

उक्त अवधिमा बैंको खुद ब्याज आम्दानी १ अर्ब ७३ करोड २१ लाख ७३ हजार रुपैयाँ रहेको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा २७.२९ प्रतिशतले बढी हो । गत वर्ष बैंकले खुद ब्याज आम्दानी १ अर्ब ३६ करोड ७ लाख ३५ हजार रुपैयाँ रहेको थियो ।

बैंकको चुक्ता पुँजी १६ अर्ब ४२ करोड २६ लाख ४१ हजार रुपैयाँ रहेको छ । जगेडा कोषमा बैंकले ११ अर्ब ८३ करोड ६२ लाख ५४ हजार रुपैयाँ राखेको छ ।

चालु आवको असोज मसान्तसम्म बैंकले १ खर्ब ५३ अर्ब २२ करोड ५ लाख ७५ हजार रुपैयाँ निक्षेप संकलन गरि १ खर्ब ६५ अर्ब ५ करोड ६७ लाख ५४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

बैंकले खराब कर्जा पनि घटाएको छ । विवरणअनुसार बैंकले निष्क्रिय कर्जा २.३७ प्रतिशतबाट घटेर २.८ प्रतिशतमा झारेको छ ।

बैंकको प्रतिसेयर आम्दानी १४.७० रुपैयाँ र प्रतिसेयर नेटवर्थ २४०.२ रुपैयाँ रहेको छ ।

वि.सं.२०७८ कात्तिक १४ आइतवार १२:४९ मा प्रकाशित

You can share this post!

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०४

जनकपुर, २२ वैशाख: भारतमा हुने लोकसभा जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनसम्म...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...