back
NMB ad

भोलि तीन बैंकसहित ५ कम्पनीको साधारणसभा हुँदै: लाभांश पारित गर्ने मुख्य एजेण्डा, कुनको बोनस कति ?

Kumari bank ad

काठमाडौं । भोलि अर्थात मंगलबार तीन बैंकसहित ५ कम्पनीको साधारणसभा हुँदैछ ।

उक्त दिन कुमारी बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, सांग्रिला डेभलपमेन्ट बैंक, साल्ट ट्रेडिङ कर्पोरेशन र शिवम् सिमेण्ट्सले साधारणसभा गर्न लागेका हुन् ।

कुमारी बैंकले बिहान भोलि ११ः३० बजे नक्सालस्थित कार्यालयमा साधारण सभा बोलाएको हो । सभाले ६ प्रतिशत बोनस सेयर र २.६७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सिटीजन्स बैंकले प्रधान कार्यालय दरबारमार्गमा साँझ ४ बजे सभा डाकेको छ । उक्तसभाले १२.९१ प्रतिशत बोनस सेयर र ३.०८७ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

यस्तै, सांग्रिला डेभलपमेण्ट बैंकले मंगलबार बिहान १० बजे लैनचौर ब्याक्वेटमा सभा गर्ने भएको हो । उक्त सभाले सभाले १० प्रतिशत बोनस सेयर र ०.५२ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरि भोलि बिहान ११ बजे केन्द्रीय कार्यालय कालिमाटीमा हुने साल्ट ट्रेडिङ कर्पोरेशनको सभाले २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

मंगलबार होटेल सोल्टीमा सभा आयोजना गरेको शिवम् सिमेण्टले २९ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

वि.सं.२०७८ कात्तिक १५ सोमवार १४:४५ मा प्रकाशित

You can share this post!

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश, विभिन्न कार्यक्रमकासाथ सम्पन्न

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश, विभिन्न कार्यक्रमकासाथ सम्पन्न

वि.सं.२०८१ जेठ ७ सोमवार १८:००

काठमाडौं । महालक्ष्मी विकास बैंक आज २०८१ जेष्ठ ७ गतेदेखि...

१० महिनामा मुलुकको व्यापार :  तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात   

१० महिनामा मुलुकको व्यापार :  तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात   

वि.सं.२०८१ जेठ ७ सोमवार १७:४३

काठमाडौँ, ७ जेठ : चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा मुलुकले...

राष्ट्रिय वाणिज्य बैंकको सीईओ लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’, को–को परे ?

राष्ट्रिय वाणिज्य बैंकको सीईओ लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’, को–को परे ?

वि.सं.२०८१ जेठ ७ सोमवार १७:१६

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का...

जगदुल्लाको ऋण सम्झौता भयो, तर पुल बनेन   

जगदुल्लाको ऋण सम्झौता भयो, तर पुल बनेन   

वि.सं.२०८१ जेठ ७ सोमवार १६:३९

हेमन्त केसी काँक्रेविहार (सुर्खेत), ७ जेठ : जगदुल्ला जलविद्युत् आयोजनाले...

बस दुर्घटनामा दुई जनाको मृत्यु, २१ घाइते   

बस दुर्घटनामा दुई जनाको मृत्यु, २१ घाइते   

वि.सं.२०८१ जेठ ७ सोमवार १६:१९

भेरीगङ्गा (सुर्खेत), ७ जेठ : दैलेखबाट सुर्खेत आउँदै गरेको बस...

चार कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

चार कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ जेठ ७ सोमवार १५:१३

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...